४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

सीतापाइलाबाट यौनवर्द्धक र रक्सी छुटाउने नक्कली औषधि बरामद

सीतापाइलाबाट यौनवर्द्धक र रक्सी छुटाउने नक्कली औषधि बरामद
अ+ अ-

काठमाडौँ : औषधि व्यवस्था विभागले नक्कली औषधि उत्पादन तथा विक्री वितरण गर्नेमाथि निगरानी बढाएको छ ।

सामाजिक सञ्जालमा विज्ञापन राखेर राजधानीका विभिन्न ठाउँबाट अवैध रुपमा औषधि उत्पादन तथा विक्री वितरण कारबाही गर्न विभागले सक्रियता बढाएको हो । सोही क्रममा बालाजु र सितापाइलामा अवैध औषधि उत्पादन तथा विक्री वितरण भइरहेको भेटिएको छ ।

विभागले औषधि उत्पादनमा प्रयोग भएका सामग्री र औषधिजन्य अन्य सामान जफत समेत गरेको छ । विभागका औषधी व्यवस्थापक किरण बज्राचार्यका अनुसार दर्ता नभएका तथा अनलाइनमार्फत नक्कली औषधि बिक्री वितरण भइरहेको सूचनाका आधारमा विभागले पछिल्लो १०–१५ दिनदेखि लोकेसन ट्रयाक गर्दै गर्दै कारबाही  प्रक्रिया अगाडि बढाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दर्ता  नभएको तथा अनलाइनको माध्यमबाट नक्कली औषधीहरु  विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा विगत १०, १५ दिनदेखि लोकेसन ट्र्यास गरिरहेका थियौं । यही क्रममा हामीले एकहप्ता अगाडि बालाजुको एउटा नक्कली औषधि बनाउने ठाउँमा सिज पनि गरेका थियौं । त्यसको अरु गिरोह खोज्दा सीतापाइलामा यौन बढाउने तथा जाँड रक्सी छुटाउने औषधि भनेर नक्कली औषधि उत्पादन तथा विक्री वितरण भइरहेको ठाउँमा पुगेका छौं । सञ्चालक फरार रहेका छन् । अरु सबै औषधीजन्य समानहरु हामीले जफत गर्छौं । औषधिको आधिकारिकता बुझेर मात्र किनबेच गर्नै आग्रह गर्दछौं ।’

उहाँले औषधिको आधिकारिकता पुष्टि नगरी कुनै औषधि खरिद–विक्री नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । —न्युज एजेन्सी नेपाल