१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने

सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने
अ अ+ अ-

काठमाडौँ । सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ ।

मंगलवार गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत) का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता गरेको हो ।

संघहरुले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताउनु भयो । उहाँले नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको बताउनु भयो । विपद् प्रतिकार्यका लागि सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा सरकार पुगेको बताउनु भयो । निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढिएको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामी विपद्को अत्यन्त ज्यादा जोखिम भएको भूगोलमा छौँ । भूकम्पको जोखिम छ । बाढी, पहिरो, चट्याङ, आगलागी, लू लाग्ने, हिउँ लाग्ने सम्मका जोखिम छन् । हामीले विपद्को पूर्वसूचना र प्रतिकार्यका लागि हमेसा तयार अवस्थामा बस्न जरुरी छ । विपद् पूर्वको सूचना प्रणालीलाई चुस्त दुरुस्त गर्ने, कुन ठाउँमा अत्याधिक वर्षा हुने सम्भावना छ, कुन नदीमा बाढीको सम्भावना छ, कुन ठाउँमा डुबान, पहिरोको सम्भावना छ, यसको सूचना समयमा नै संप्रेषण गरी मानिसको जिउ,ज्यान र सम्पतीको सुरक्षा गर्नेकुरा हो । अर्को विपद् भइसकेपछि प्रतिकार्यको पाटो छ । कुनै ठाउँमा विपद् भयो भने ड्रोको प्रयोग गरेर खोज, उद्धार र आवश्यकता परे राहतसम्म पनि धेरै ज्यादा राहत पठाउन नसके पनि औषधि, तत्काल पिउने पानी पठाउनसक्छौँ । नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघका सम्पूर्ण पदाधिकारीलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु ।’

गृहमन्त्री लेखकले सरकारले विपद्को प्रतिकार्यका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको बताउनु भयो ।