२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष देखिएको भन्दै न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेको बताउँदै हिमाली क्षेत्रमा हिमताल विष्फोट हुने क्रम बढिरहेको बताउनु भयो । रसुवागढीमा हालै भएको घटना जलवायु परिवर्तनका कारण हिमताल विष्फोट हुँदाको परिणाम भएको बताउनु भयो । संसारभर नै जलवायु परिवर्तनको असर निरन्तर बढिरहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘हाल नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेका छन् । हिमाली क्षेत्रमा हिमताल विष्फोट भएको छ । रसुवाको रसुवागढी भन्दा माथि हिमताल फुटेर त्यत्रो ठूलो बाढी आएर भयावह अवस्था भयो । धेरै मानिसको ज्यान गएको छ । मेलम्चीमा धेरै बाढी आएको थियो । ठूलो क्षति भएको थियो । हिमताल फुटेर नेपालमा धेरै ठूलो समस्या ल्याएको छ । संसारभर नै जलवायु परिवर्तनको असर बढेको छ । धेरै देशहरु जागरुक भएका छन् । जलवायु परिवर्तनलाई कुनैपनि हालतमा न्युनिकरण गरेर जानुपर्छ । यसले भोलिका दिनमा धेरै समस्या निम्त्याउनेछ । ’

सभापति देउवाले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बनेको बताउनु भयो । जलवायु परिवर्तनको असर कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताउनु भयो ।




भर्खरै