१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ८० दशमलव ९७ अङ्कले बढेर दुई हजार ९७३ दशमलव ७० बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ७९ प्रतिशतको वृद्धि हो ।

नेप्सेमा आज ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर एक लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा रू २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ बराबरको कारोबार भएको छ । आजको कारोबार पछि बजार पुँजीकरण रू ४९ खर्ब ६२ अर्ब १२ करोड नाघेको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ६३, जीवन बीमा समूह चार दशमलव ३६ र लघुवित्त समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ । बैङ्किङ दुई दशमलव १०, विकास बैङ्क दुई दशमलव २६, वित्त एक दशमलव ९४, होटल तथा पर्यटन तीन दशमलव ४४ र जलविद्युत् समूह एक दशमलव ९० प्रतिशतले बढेको छ । त्यसैगरी, लगानी तीन दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा दुई दशमलव ५६, व्यापार एक दशमलव ०१ र अन्य समूह तीन दशमलव २६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एलबीबीएल डिबेञ्चर–२०८९ तीन दशमलव ९४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७१ करोड ८८ लाख ८५ हजार ७४५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सनराईज फोकस्ड इक्विटी फण्डको २२ लाख ३७ हजार ३९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।