काठमाडौँ । गायिका रचना रिमालले एलिना चौहान र इन्द्रकला राईसँगको सहकार्यमा तीजको गीत ल्याएकी छिन् ।
सोमबार रचनाको प्रस्तुतिमा ‘बामरी बसायो’ बोलको तीज गीत सार्वजनिक भएको हो ।
तीन चर्चित गायिकाहरूको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ भने नरेन्द्र बियोगीले संगीत संयोजनको काम गरेका छन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडिओमा रचना, एलिना र इन्द्रकलाले नृत्य समेत गरेका छन् । अनुपा विष्टले साथ दिएकी छिन् ।
भिडिओ गम्भीर विष्टको निर्देशनमा बनेको हो भने छायांकार नवराज उप्रेती र सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।










