४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्

चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ ।

सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहनुभएका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताउनु भयो । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको बताउनु भयो । यसबारेमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यसबारे ध्यानाकर्षण गराउने र आफूहरुले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यसबारे जानकारी गराउने बताउनु भयो ।

गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्नेकुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि बताउनु भयो । सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको छ । संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको बताउनु भयो । संविधान संशोधनका लागि  सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल ग¥यौँ । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर नेपाली काँग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधानमन्त्रीज्यु प्रकाशमान सिंहलाई भनेका छौँ । उहाँले प्रधानमन्त्रीज्युसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस् । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्ने भन्ने सरकारको नीति तथा कार्यक्रममा पनि छ । पार्टीले निर्णय पनि गरेको छ । सरकार बन्दा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको समझदारीमा संविधान संशोधनको कार्य अघि बढिरहेको छैन । त्यसलाई पनि अब अघि बढाउनुपर्छ । नेपाली काँग्रेस पार्टीले र हामी सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल गरेका छौँ । यसबारे भोलि नै सभापतिजीलाई भेटेर जानकारी गराउँछौँ ।’

नेता सिटौलाले काँग्रेस—एमाले गठबन्धन ०८४ सम्मै जाने दाबी पनि गर्नुभयो ।