२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ प्रतिशत बालबालिकाको १४ वर्षभित्रै हुन्छ विवाह, ५ वर्षमुनिका १९ प्रतिशत बालबालिका कुपोषित



अ+ अ-

काठमाडौँ । नेपालमा बाल विवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्यांकले देखिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले नेपालमा अझैपनि बाल विवाहको दर उच्च रहेको देखाएको हो ।

सोमवार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रतिवेदन प्रश्तुत गर्दै परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार जनसंख्याको आधारमा ५४ हजारभन्दा बढी बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् । यसमध्ये ७ प्रतिशत बालबालिका १० देखि १४ वर्षको उमेरमै विवाह गर्ने गरेका छन् भने २२.३ प्रतिशत बालबालिका १५ देखि १७ वर्षको उमेरमा विवाह गर्दछन् । सूचना अधिकारी चन्दले समग्रमा बाल विवाहको औसत उमेर १६ वर्ष रहेको बताउनु भयो । उहाँले बालबालिकाको स्वास्थ्यसम्बन्धी तथ्यांक समेत चिन्ताजनक रहेको बताउनु भयो । उहाँले ५ वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताउनु भयो । उहाँकाअनुसार बाल स्वास्थ्यको अवस्था मधेस प्रदेशमा सबैभन्दा कमजोर रहेको देखाएको छ ।

उहाँले भन्नुभयो, ‘जनसंख्याको आधारमा ५४ हजार भन्दा बढी बालबालिकाहरुको १० वर्षमुनि विवाह भएको छ । १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने बालबालिकाहरु ७ प्रतिशत रहेका छन् । १५ देखि १७ वर्षमा विवाह गर्नेहरु २२.३ प्रतिशत रहेका छन् । समग्रमा अहिले बाल विवाह ३० वर्ष रहेको अवस्था देखिन्छ । जबकी हाम्रो मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । नेपालको सन्दर्भमा ५ वर्षमुनिका तौल नपुगेका बालबालिका १९ प्रतिशत रहेका छन् । प्रदेशको हिसावमा सबैभन्दा बढी मधेस प्रदेशमा २७ प्रतिशत रहेको छ । र सबैभन्दा कम वागमती प्रदेशमा राम्रो अवस्था देखिन्छ । नेपालमा उचाई नपुगेको बालबालिका कुल बालबालिकाको २५ प्रतिशत रहेका छन् । अध्ययनले ७९ प्रतिशत बालबालिकाहरु अस्पतालमा जन्मिएको तथा २१ प्रतिशत बालबालिकाहरु घरमा जन्मिन्छन् । यसरी स्वास्थ्य संस्थामा बालबालिकाको जन्म गण्डकी र वागमती प्रदेशमा छन् । सबैभन्दा कम मधेस प्रदेशमा ६७ प्रतिशत रहेका छन् ।’

सूचना अधिकारी चन्दले सरकारले बाल अधिकार संरक्षण र बाल स्वास्थ्यमा सुधार गर्न नीतिगत सुधार गर्न जरुरी रहेको बताउनु भयो ।