२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार ! नागरिक अवज्ञा कि जोखिमको यात्रा ?



अ+ अ-

काठमाडौँ । नेपालीमा एउटा उखान छ सौताको रिसले पोईको काखमा पिसाव गर्ने हो, त्यस्तै भएको छ यतिखेर देशमा, कोरोना संक्रमण र लकडाउन । ७२ दिन सम्म गाह्रो साह्रो रुपमा जीवन निर्वाह गरेका नागरिक बिकल्पबिहीन भएपछि मर्नुभन्दा बौलाउनु निको भन्दै बिस्तारै घर बाहिर निस्कन थाले । यो समयमा कोरोना देखिएर वा मरेपछि  देखिएको कोरोना बाट १३ जनाले ज्यान गुमाए । तर कोरोनाले बिग्रेको आर्थिक अवस्था पारिवारीक सबन्धमा कारण एक हजारभन्दा बढीले आत्महत्या को बाटो रोजे । जति दिन लकडाउन लम्बिदै जाला कोरोना संक्रमणका कारण नागरिकको ज्यान कम जाला तर अन्य कारणले ज्यान जाने सम्भावना त्यत्तिकै छ ।  

आखिर  रोग, भोक र शोकले मरेपनि राज्यका लागि फगत एक संख्या मात्र त हो । मृत्युपछि अज्ञात नामले वा नामको पहिचानले चिनिने त्यत्ति मात्र फरक हो । चैत्र ११ पछि सुरुका केहीदिन एकपेट खाएर पनि बाचिएला भन्ने आशाले आ आफनो कर्मथलोमा बसेकाहरुको अत्यास लकडाउन बढ्दै जादा झनै बढ्दै गयो । गर्भवती महिला, दुधे बालक, टुकटुक हिड्ने केटाकेटी लाई लिएर केही थान जेब्रा झोला लिएर निरन्तरको यात्रमा निस्किए । लतारिदै लतारिदै १४ दिन सम्म फुटेको खु्ट्टाबाट जन्मथलोको यात्रामा निस्केकाहरुले प्रत्येक पाईलामा राज्य खोजे । माटो स्पर्स खोजे तर फगत निर्बाचनको बेला भोट हाल्ने एकथान हातभन्दा अरु बढी केही उपस्थिती देखेनन् । 

लकडाउनका कारण आन्तरिक तथा बाह्य बिमान  सेवा बन्द थिए, नत्र वुहानबाट फाल्गुन ४ गते १७५ जना आफ्ना दाजुभाई तथा दिदी बहिनीलाई बोकेर आएको नेपाल एयरलाईन्सको ए ३३० उडेको हेर्न आकासतिर आँखा टोलाउथे होला । सायद सोच्दै थिए होला कुनै सम्पन्न मुलुकमा पुगेको भए बरु राज्यको नजर पुग्थो कि । जे जसो गरेर  पनि आफनो थाकथलोमा त पुगे । यता कर्मथलोमा रहेकाहरु कति समय बन्दी भएर बस्ने जेठ २० गतेसम्म लकडाउनको पालना गर्दै जेजस्तो अबस्थमा भएप्नि भित्र नै बसे । तर धैर्यताको पर्खाल भत्किएपछि बाध्यभएर सडकमा निस्कन सुरु गरे । आफ्नो हैसियत अनुसारको बिगतको ब्यापार  व्यबसायलाई निरन्तरता दिने प्रयस गरिरहेका छन् । धेरैका ७२ दिनपछि सटरमा लागेको ताला खुलेको छ । कति  साचो ताल्चामा खिया लागेजस्तै कारोबारमा पनि खिाया लागेको छ कहिले नउकासिने गरी । ओरालो लागेको व्यबसाय, बहाल वा  भाडा, दैनिक उपभोग्य बस्तुको खरिद र अभाव, भैपरी आउने खर्च थेग्न गा¥हो परेकाहरुले राज्य खोजिरहेका बेला करमन्त्रीका रुपमा चिनिएका अर्थमन्त्री डा. युवराज खतिबडाले एकमुष्ट रुपमा कर तिर्न उर्दी जारी गरेपछि झनै आलो घाउमा नुन चुन छर्किएजस्तै भयो धेरै स्वरोजगार नागरिकलाई । 
हो, राज्यलाई कर तिर्नुपर्छ । तर संकटको समयमा राम्रोसँग ब्यापार व्यबसाय गर्नेहरुले त झन् राज्य त अभिभाबक हो भन्ने बुझेका छन् । तर पनि करमन्त्रीले विवेक पुर्याएनन् । अति भएपछि खति हुन्छ नै । कोरोना कहरकाबीच नै केही स्थानमा सरकारको सूचनाको बिरोध गर्दे ब्यबसायीहरुले भित्रि बस्त्र बाहेर अन्य बस्त्र खोलेर करले दपेटेको नागरिकको परिचय दिए । सायद प्रधानमन्त्रीका विश्वासपात्र र मन्त्रिपरिषद्मा कदका हिसाबले अग्ला तर ब्यबहारले होचा अर्थमन्त्रीले पनि पक्कै देखे होलाल् ।

प्रधानमन्त्रीलाई पनि खासै थाहा हुदैन पछि कसैले खबर त पक्कै देलान्  । पसलहरुले त खुले तर चिन्ता झनै थपिदो छ । यो अबस्थामा आम नागरिककको आर्थिक अवस्था नराम्ररी बिग्रिएको छ । यस्तो अवस्थामा बजार पूर्ववत रुपमा संञ्चालन होला ? अति आबश्यक बस्तु बाहेक अन्य बिषयमा के  खरिद बिक्रि होला ? आम नागरिकको आवतजावतमा रोक त कायमै छ । कसरी बजार सुचारु होला ? आक्कलझुक्कल आउने ग्राहकसँग पनि बजार भाउ देखी सामाजिक दुरी राखेर गर्नुपर्ने कारोबार त छदैछ ।  तर पनि सबै जोखिम मोलेर नागरिक बिस्तारै सकडमा निस्किदैछन् । यस्तो अबस्थामा आयो कि रोग र भोक मध्ये पहिला कोसँग जोगिने ? खान पाए रोगसँग जुध्न त सकिएला तर खालिपेटले रोगसंग कसरी लड्ने ?

सरकारको दिशाहिन योजना र गन्तब्यहिन कार्यक्रमले आस्वस्त हुन नसकेपछि नागरिक राज्यको नीतिको अवज्ञाभन्दा पनि जोखिम मोलेर नै काम जुट्ने प्रयास गर्देछन् । अब रोक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा राज्यले यसलाई सरलीकरण गर्दै सक्रमणसंग जोगिन कानुनको डण्डा होईन व्यवहारिकता हेर्दै सामाजिक दुरी र सचेतना कायम राख्न आग्रह गर्दै दैनिक जनजीवनलाई सहज बनाउन भूमिका निर्वाह गर्नुपर्छ ।