३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

छोरीहरू हो अझै चिच्याउनू, निरन्तर चिच्याउनू, चिच्याउन नछाड्नू

आफ्नो आमाबुबाको साथ रहेसम्म संसारमा कसैले गलाउन सक्दैन

छोरीहरू हो अझै चिच्याउनू, निरन्तर चिच्याउनू, चिच्याउन नछाड्नू
अ+ अ-

सामाजिक सञ्जाल स्क्रोल गर्दै गर्दा फिडमा एउटा भिडियो आयो । त्यो भिडियो हेरेपछि मेरो मथिङ्गल हल्लियो । एउटा पुरुष आफ्नी श्रीमतीमाथी यसरी झम्टिरहेको थ्यो मानौं त्यो उसको शिकार हो र उ महिनौंदेखि भोको छ । श्रीमतीलाई अर्धनग्न बनाएर पानीमा डुबाएर चोबल्दै निकाल्दै पिट्दैथ्यो । यस्तो लाग्थ्यो ती महिलाले सास पनि उसले अनुमती दिएपछि मात्रै फेर्न पाउँछिन । मरुन्जेल श्रीमती कुटेको हेर्ने रमिते समाज देखेर त झनै आक्रोशको ज्वाला दन्कियो ।

भिडबाट कसैले भिडियो खिचिरहेको छ भनेपछि मात्रै त्यो व्यक्ति अलि संयम देखियो । फेरि अलि पर पुगेपछि भकाभक पिट्न थाल्यो । यो त बाहिर सार्वजनिक रुपमा देखिएको दृष्य हो । हरेक दिन हरेक घण्टा ती महिलाले पाएको र खेपेको यातना कति र कस्तोसम्म होला भनेर म आफै खल्बलिएँ । मैले त्यहाँ पुरुषले एक महिला माथी गरेको हिंसा मात्र देखिन, हाम्रो समाजको प्रतिविम्व पनि देखें । त्यो श्रीमतीको सास रहुन्जेल त्यो समाज छेउमा जाँदैन, लास बनेपछि बल्ल आँशु चुहाउँदै उठाउन जान्छ ।

दिमाग ढलमल भइरहेका बेला फेसबुकमा तथाकथित साथी रहेका एक सज्जन भनौंदाले विष्णु सापकोटाको फेसबुक स्टाटसलाई लभ रियाक्ट गर्दै शेयर गरेछन, मेरो आँखा गयो, उनको प्रोफाईलमा गएर सरर पढें । त्यसमा आएका कमेन्टहरु हेरें । ए एलिनाले पो उनलाई भकुरेर नेपाल गएर बेपत्ता भईछिन् कि झैं गरी स्टे स्ट्रङ दाई भन्ने कमेन्ट टन्नै रैछन् ।

पछिल्लो समय हाईपमा आएको एलिना र विष्णुको सम्वन्धबारे शायद धेरैलाई थाहा होला । कसैका लागि यो हाँसो (कमेडी) को विषय भएको छ । कसैको लागि यही कुरा उठाएर, उछालेर, पल्टाएर पैसा कमाउने माध्यम बनेको छ । तर केहीलाई यसले साँच्चै नै प्रभाव पारेको छ ।

म एलिना वा विष्णु कसैलाई चिन्दिन । एउटा फरक, अब्बल, प्रष्ट र माझिएको आवाजकी धनी गायीकाको रुपमा एलिनालाई कभर गीतहरु गाएदेखि नै चिन्थे । विष्णुलाई त उनले बिहे गरेपछि चिनेकी हुँ । धेरैले एलिनाको पति भनेर नै चिन्ने र चिनिएका हुन् ।

पछिल्लो समय यो कन्ट्रोभर्सी उत्कर्षमा पुगेको देखियो । एलिनाले बिहे गरिन्, पतिसँग बस्न अस्ट्रेलिया गईन्, फर्केर आईन् । सम्वन्ध विच्छेदको हल्ला चल्यो, उनले होईन भनेर टारिरहिन् । पछि आफैंले फेसबुकमा स्टाटस लेखिन् हाम्रो सम्वन्ध सकियो भनेर । त्यसपछि उनीमाथी चौतर्फी प्रहार सुरु भयो । थाहा छैन यस्ता मान्छेहरुलाई अरुको पिडामा नुनचुक छर्न किन मजा आउँछ । परपीडकहरु फेक आईडी बनाएर हुँडारको शैलीमा आउँछन् र घोचेर जान्छन् ।

कलिलो उमेरमा, करियरको उच्च विन्दुमा भएको बेला, बुबाआमा आफ्ना आफन्तले सम्झाएको पनि नसुनी सारा संसार ठानेर उसैको पछि लागेर गएको मान्छेले नै फर्कन बाध्य बनाएपछि उनी माथी के बित्यो होला । मलाई त कल्पना गर्दा पनि सिरिंग हुन्छ । त्यति पीडामा हुँदा पनि मन भित्रै दबाएर मलाई ठिक छ भन्न उनले कसरी सकिन् होला ? तपाईंले कहिल्यै सोच्नुभएको छ ?

कति सजिलो छ भन्न मन मिलेन छुट्टियो सन्वन्ध सकियो किन निकालिरहन पर्‍यो ? अरे यार कोही कसैले सामान्य रुपमा गरेको अपमान त हामी जिन्दगीभर भुल्न सक्दैनौं ? आफ्नो सर्वश्व ठानेको मान्छेले बार–बार गरेको शारिरीक र मानसीक पीडा एउटी नारीले कसरी भुल्न सक्छे ? ममता काफ्लेको विषयमा बोल्नेहरु जिउँदो एलिनालाई किन बाँचिराछेस भनेर प्रश्न गरिराछ ? कि एलिना बाँचेको र हाँसेको देखेर औडाहा भयो ?

हामीले भरखर जन्मिएको बच्चाको हुर्काई हेरौं । हामी बाबुआमाले भरखर जन्मिएको बच्चालाई कति जतनले हत्केलामा बोक्छौं, काखमा बोक्छौं, कोक्रोमा हाल्छौं । बढ्दै जाँदा लड्ला कि चोट लाग्ला कि भनी कति चिन्ता गर्दै हुर्काउँछौं ।

एलिना र ममताहरुलाई पनि उनका आमाबुबाले यसैगरी पालन पोषण गरेर हुर्काएका हुन् । छोरीलाई खुशी राख्नुस् भनेर पूजा गरेर सुम्पिएका हुन् । जे मन लाग्छ त्यही गर यहाँ हामी पाल्न सक्दैनौ भनेर दान दिएका होईनन् । र यी भाँडाकुटी खेलौना होईनन्, सजिव मान्छे हुन् । खेलौना जसरी खेलाउन पाईएन भनेर कुच्याएर मिल्काउने ?

श्रीमान् र श्रीमती सहयात्री हुन् जिन्दगीको । यसको मतलव एउटै बाटोमा सँगै हिंड्ने हो, एउटा माथी एउटा तल भएर हिड्दा यात्रा असहज हुन्छ नै । एउटी छोरी मान्छेलाई सकेसम्म सम्वन्ध जोडिइसकेपछि घर बसाउने चिन्ता हुन्छ, घर बिगार्ने लालसा कहिल्यै हुँदैन । एलिनाले सकेसम्म घर बसाउने प्रयास गरेकी हुन्, उनका अन्तर्वार्ताहरु हेर्दा यस्तो लाग्छ उनी सम्वन्धप्रति अत्यन्तै चिन्तित पनि थिईन् । किनकी उ सँग बिहे नगर भन्नेहरुलाई देखाउनु थियो कि मैले सही मान्छे चुनेकी हुँ । सम्वन्ध राम्रो हुँदैन भन्ने बुबाआमालाई बताउनु थियो, हेर्नुस् त छोरीले कति सुख पाएकी छ ।

एकपटक बहुत कुटिल मुस्कानका साथ श्रीमतीलाई अँगालो हाल्दै उनको श्रीमानले भनेको सम्झन्छु , ‘यिनले मलाई पाई छाडिन् ।’ त्यहाँ उनको मैमत्व र घमण्ड सहजै देखिन्थ्यो । मलाई त्यतिबेलादेखि नै शंका थियो यो सम्वन्धमा को हावी हुनेवाला छ भनेर ।

एलिनाले संगै दिएका अन्तरवार्ताहरुमा पनि भनेकी थिईन् उहाँलाई मैले नै बढी मन पराएकी हुँ, अलि बढी जोडबल मेरै हो । मलाई अफसोच छ राम्रो मान्छे परेको भए उनको यो माया कति जतन गरेर राख्ने थियो होला । त्यसैले भनिएको होला जिन्दगीमा आफुले भन्दा पनि आफुलाई माया गर्ने मान्छेसँग बिहे गर्नुपर्छ ।

तर जसलाई मायाभन्दा बढी कसैसँग जोडिएर चर्चित हुने, धेरै धनी हुने, सबैसँग दाँत मात्रै देखाउने भित्र दारा किट्ने स्वभाव र लालसा हुन्छ, एउटा निश्चित बिन्दूपछि सम्बन्ध टुट्छ र टुटाउँछ नै ।

जब एलिनाले आफूलाई फेक आईडीहरुबाट आएको कमेन्टविरुद्ध अभियान थालिन् । उनले विस्तारै समर्थन पाउन थालिन् । अब पासा पल्टियो, नकारात्मक कमेन्ट आफूतिर सोझियो । अनि बल्ल स्टाटस आयो, मलाई मानसिक पीडा भयो । आफूले माया गरेको मान्छेलाई अरुले नानाथरी भन्दा चुपचाप लागेर, अझ मलाई बुढी चाहियो उठभन्दा उठ्ने बसभन्दा बस्ने भनेर टिकटक बनाउन सक्ने ।

एलिनाले बरु उहाँलाई केही नभन्नुहोला भनेर त्यतिखेर स्टाटस लेखेकी थिईन् । यिनको बत्तीसदन्तबाट एक पटक निस्केन यस्तो आवाज । उनले बर्षौंदेखि यस्तो खालको कमेन्ट र धम्की कति र कसरी भोगिन् होला भन्ने महशुस भयो कि नाईं महोदय ?

अझ दाई नबोलेरै मन जित्यौ भन्नेहरु सुन् बोल्न ठाउँ हुन्थ्यो भने तिमीहरुको दाई पहिले नै बोल्थे । अहिले आफूलाई पर्दा बोल्न सक्दा रैछन् त । तिमीहरुको दाईप्रति माया नहुने थियो भने एलिनाले उतिखेरै पुलिस केस गर्न सक्थिन । निहुँ खोजेर उल्टै लान्छना र चरित्र हत्या गर्न खोज्छौ र गरिराख्छौ भने एलिनाले यो पनि गर्न सक्छिन् बिचार गर । अहिले त उनी आँशु रित्याएर, मायाको जंजालबाट मुक्त भएर, पीडाबाट निस्किएर धेरै पर पुगिसकिन् । यो उमेरमा यो सबै भोगेर खारिएकी परिपक्व र चेतनशिल नारी भईसकिन् ।

नाम विष्णु हुँदैमा भगवानले साथ दिँदैनन्, मायालु राख्दैमा सबैले माया गर्दैनन् भन्ने बेलैमा बुझम ।

मैले यति लेखेपछि गाली खाने पक्कै हो । म ढुक्क छु । न विष्णु न एलिना कसैको पक्षमा नलागि तटस्थ भएर सोच्दा यती चाहिँ सामान्य मान्छेको दिमागमा पनि आउँछ । अझ सोध्छौ होला तैंले पिटेको देखिस् ? निलडाम खोई भनेर ? यति बुझ्नु है घाँमडहरु पिटेको चोट देखाउँला भनेर मोबाइल लिएर कोही बस्दैन अनि बेडरुममा सिसिटिभी हुँदैन ।

मान्छेहरुका टिप्पणी हेर्छु ए कपाल तान्न पनि हुन्न रे, गोडा कुल्चिन पनि हुन्न रे । हो हुन्न, बिल्कुल हुन्न । पहिले पहिले यो सामान्य हो भनेर सामान्यीकरण गरेकै कारण हिंसा भनेको चाहिं निलडाम हुने गरी कुट्नु हो, लछार पछार गर्नु हो, लात्तै लात्ताले भकुर्नु हो भन्ने बुझाई छ ।

कसैलाई पनि मन नपर्ने, उसको व्यक्तित्वमा आघात पुग्ने गरी गर्ने कुनै पनि शारिरीक, मनोवैज्ञानिक र मानसिक दवाव पनि हिंसा हो भन्ने बुझौं । सम्बन्धमा सामन्जस्यता छैन, आफ्नोपन छैन, आत्मियता छैन भने घर परिवार आफन्त भनेर आफैलाई दवावमा राखेर जिवन नरक नबनाऔं ।

सिर्फ एक बार पाइन्छ जिन्दगी सिर्फ एक बार । आफ्नो खुशीको ख्याल गरौं । आफूलाई माया गरौं । जसले आफूलाई माया गर्छ उसले मात्र अरुलाई माया गर्न सक्छ । मैले यतिभन्दा अब मलाई न्यायाधीश भन्ने होलान् । मलाई पनि बालै फरर । ए अझ कतिपयले त यो ब्यक्तिगत विषय हो अरु किन बोल्नुपर्यो भनेको टिप्पणी देखेको थिएँ । हो त्यही भएर मैले अघि माथी भनेको एउटा दृष्यमा श्रीमानले श्रीमतीलाई भक्कुमार पिटेको थियो नि, त्यसमा चुपचाप हेर्ने त्यही समाजको तपाईं एक सदस्य भएकोले यो तपाईंलाई ब्यक्तिगत लाग्छ । तर मलाई लाग्दैन ।

र ,अन्त्यमा नचिने पनि नबोले पनि एलिनालाई यत्ति भन्न चाहन्छु तिमीले अत्यन्तै सुझबुझका साथ समयमै पाईला चाल्यौ र आज जुन आँट र दमका साथ आवाज बुलन्द गरेकी छौ, यसलाई कसैको दबाब वा प्रभावमा धिमा नबनाउनू । आफ्नो आमाबुबाको साथ रहेसम्म संसारमा कसैले गलाउन सक्दैन ।

तिम्रो कारणले धेरै छोरीहरुलाई सचेत बनाएको छ कि बिहे गर्न कहिल्यै हतार नगर्नु, कसैको मायामा यति अन्धो पनि नहुनु कि आफूलाई माया गर्नेहरुको मन दुखाउँदा पनि मतलव नहोस ।

सम्बन्ध लामो समय जाँदैन भन्ने लाग्छ भने एक बर्षमा होइन, एक महिनामा पनि छोड्न तयार हुनू । सम्वन्धमा आफ्नो आत्मसम्मान, स्वतन्त्रता र स्वाभिमानको ख्याल गर्नु । हो छोरीहरु अझै चिच्याउनू, निरन्तर चिच्याउनू, समाज तिम्रो पक्षमा लाग्न अझै समय लाग्छ । तर चिच्याउन नछोड्नू ।