५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक उपविजेता ललितपुर क्विन्सले सलिनालाई रिटेन गर्यो



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ ।

गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो ।

सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा उपविजेता भएको थियो । ललितपुरको आफ्नो मुख्य प्रशिक्षक उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ भने सहायक प्रशिक्षकको जिम्मा युगेश हमाललाई सुम्पिएको छ । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि भदौ २८ सम्म हुनेछ ।

दोस्रो संस्करणको लागि सहभागी टोलीहरूले अक्सन बाट खेलाडी खरिद गर्ने छ । शुक्रबार दिउसो अक्सन हुने तालिका रहेको छ । अक्सन बाट प्रत्येक टोलीले ए क्याटेगोरी बाट १, बी बाट ३ र सी बाट ३ गरि ७ खेलाडी खरिद गर्ने छ ।