१२ श्रावण २०८३, मंगलवार
,
Latest
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण सिरियामा हिंसामा ५०० भन्दा बढीको मृत्यु



अ+ अ-

दमास्कस। दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक युद्ध अनुगमनकारी सिरियाली संस्थाले बिहीबार जानकारी दिएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले सिरियाली सुरक्षाकर्मीलाई स्वेइदामा तैनाथ गरिएपछि सरकारी सेना र स्थानीय ड्रुज समुदायबीच भएको भीडन्तमा ८९ ड्रुज लडाकू र १५४ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

यस झडपमा २४३ जना सरकारी कर्मचारी र १८ जना बेडुइन लडाकुको पनि मृत्यु भएको थियो । इजरायली हवाई आक्रमणमा १५ जना सरकारी कर्मचारीसहित बेडुइन जनजातिको अधिकारका लागि लडिरहेको एक समूहका तीन जना वरिष्ठ सदस्यको पनि मृत्यु भएको थियो ।