काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिका प्रमुख रामपुकार साह घुससहित पक्राउ परेका छन् ।
साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले एकलाख घुस रकमसहित पक्राउ गरेको हो ।
मेयर साहले उपभोक्ता समितिलाई दिइएको भुक्तानीबाट एक लाख घुस लिएको बताइएको छ ।
आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिएलगत्तै नगरप्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको हो ।










