१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ– यातायात सचिव शर्मा



अ+ अ-

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरु नेपालमै बनाउनुपर्ने बताउनुभएको छ ।

महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (इभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताउनु भयो । उहाँकाअनुसार अब साना गाडीहरु प्रतिस्थापन गर्नुपर्छ । शहरमा वातावरणमैत्री ठूला सिटी बसहरु चलाउनुपर्छ । सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको बताउँदै निजी क्षेत्रले गरेको लगानी प्रभावकारी रहेको बताउनु भयो ।

सचिव शर्माले भन्नुभयो–‘विद्युतीय यातायात नेपालको परिपक्षेमा महत्वपूर्ण छ । किनकी इन्धन आयातमा ठूलो रकम बाहिरीरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अबौँ रकम बाहिर जानबाट जोगिन्छ ।  सार्वजनिक यातायातमा महानगरले जुन सुरु गरेको छ, यो सकारात्मक छ । काठमाडौं सानो छ, पाकिङ गर्न समस्या छ । साना गाडीहरु हटाउनुपर्छ । नेपालमा इभी फ्याक्टी बनाउन पायौं भने स्पेयर्स पाटर््स यही बन्ने र गाडीको मूल्य समेत सस्तो पर्छ । यसमा लगानी गर्न आह्वान गर्छु ।’

विदाको दिन आफू महानगर यातायात चढ्ने गरेको बताउँदै उहाँले यातायात क्षेत्रलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री बनाउनुपर्ने बताउनु भयो । कार्यक्रममा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि सरकारले बनाएका कार्यदलहरुका प्रतिवेदन त्यतिकै दराजमा थन्काइएकोप्रति असन्तुष्टी पोख्नुभयो । उहाँले त्यस्ता प्रतिवेदनहरु कार्यान्वयनमा लगिए अहिले सार्वजनिक यातायातमा देखिएका धेरैजसो समस्या हल हुने दाबी गर्नुभयो ।

अध्यक्ष स्वाँरले भन्नुभयो–‘सार्वजनिक यातायात सुधार सुझाव प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ । रुट परिवर्तनसँगै नीतिहरु पनि परिवर्तन गरिएन भने अस्वस्थ प्रतिष्पर्धा बढ्छ । त्यस्तो अस्वस्थ्य प्रतिष्पर्धा हटाउनुपर्छ होइन भने व्यवसायीहरुको लगानी डुब्छ ।यातायात क्षेत्रको सुधारका लागि बनेका प्रतिबेदनहरु अहिले दराजमा थन्काउने काम भएको छ । यो ठिक होइन ।’

सोही कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले पछिल्लो समय इभी गाडीहरु चिनबाट आएको तर त्यसको गुणस्तर परिक्षण हुन नसकेको बताउनु भयो । उहाँकाअनुसार भारतबाट आउने गाडीमा खासै समस्या छैन तर चीनबाट आउने गाडीहरुमा आशंका छ ।
अध्यक्ष खनालले भन्नुभयो–‘विद्युतीय सबारी साधन व्यवस्थापन गर्न राज्य चुक्नु हुँदन । विद्युतीय सवारी सम्बन्धिको नीति बन्दैछ । यो सकारात्मक  छ । आफ्नो मनपरीमा गाडीहरु भित्र्याउने र कम्पनीहरु भाग्ने प्रवृत्ति देखिन थालेको छ यसमा राज्य सजग हुनुपर्छ ।’

उहाँले राइड शेयरिङ व्यापार भएकाले त्यसलाई कडा नियमन गर्नुपर्ने बताउनु भयो । खनालकाअनुसार यातायात ऐनले कालो प्लेट राख्नेले यातायात बोक्न पाउने नीति छ । जुनसुकैले प्लेटले व्यापार गर्ने हो भने कानूनको अर्थ रहँदैन । राइड शेयरिङले पुँजी पलायन गरिरहेको बताउँदै यसमा राज्यको ध्यान जानुपर्ने उहाँको भनाइ रहेको छ ।