२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा



अ+ अ-

ब्रसेल्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा ३० प्रतिशत भन्सार वृद्धि गर्ने चेतावनी दिँदा युरोपेली नेताहरू आश्चर्यचकित भएका छन् ।

युरोप र अमेरिकाबीच व्यापार सम्झौता नजिक भएको विश्वास भइरहँदा शनिबार यो पत्र प्राप्त भएपछि आशाहरूमा केही अवरोध आएको छ । ट्रम्पले अगस्ट १ सम्म सम्झौता नभए तीन गुणा बढी भन्सार लागू हुने बताउनुभयो ।

कुनै सदस्य राष्ट्रहरूलाई यो सूचना अप्रत्याशित तरिकाले प्राप्त भएको थियो। फिनल्यान्डका व्यापार मन्त्रीले भन्नुभयो, “हामी सम्झौता नजिक भएको महसुस गरिरहेका थियौं, तर अमेरिकी पक्षको यस अनपेक्षित निर्णयले हामीलाई केही चकित बनायो ।”

ट्रम्पले हालै जापान, दक्षिण कोरिया लगायतका अन्य देशहरूमा पनि भन्सार वृद्धि गर्ने निर्णय गरिसकेका छन् । यद्यपि, युरोपेली सङ्घका नेता अझै पनि वार्ताको सकारात्मक नतिजामा विश्वास राखेका छन्। प्रमुख वार्ताकार सेफकोभिकले भन्नुभयो, “हामी अमेरिकी प्रशासनसँग संवादमा छौँ र अगस्ट १ भित्र सम्झौता गर्न सक्ने आशा राख्छौं ।” (रासस/एएफपी):