१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भोटेकोशी बाढीबारे गृहमन्त्रीः नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ

भोटेकोशी बाढीबारे गृहमन्त्रीः नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीको बाढीबाट मृत्यु भएका ११ जनामध्ये दुई जनाको मात्रै सनाखत भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैकठमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँलकाअनुसार बाढीमा २० जना मानिस नेपालबाटै बेपत्ता भएको र अन्य ११ जना चीनको भूमिबाट बेपत्ता भएको र बगेर नेपालमै आएको हुनसक्ने खबर चीन सरकारले दिएको बताउनु भयो । उहाँले उनीहरुको पनि खोजि भइरहेको बताउनु भयो । अहिलेसम्म नेपालबाट बाढीमा परि बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको बताउनु भयो । विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिए मृतक सरह राहत दिने बताउनु भयो । खोज, उद्धार, पुनःनिर्माणमा पनि सरकार तयारी अवस्थामा रहेको बताउनु भयो । पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको स्थिति कस्तो छ भने २० जना मानिस हाम्रै सीमाभित्रबाट बेपत्ता भएको स्थिति देखिन्छ । जसमा मित्रराष्ट्र चीनको नागरिकहरु पनि हुनुहुन्छ । ११ जना जति चीनबाटै मिसिङ भएको खबर गर्नुभएको छ । उहाँहरु पनि बगेर यतै ल्याएको आशंका छ । अहिलेसम्म जम्मा ११ जनाको मात्रै लाश भेटिएको छ । सनाखत दुई जनाको मात्रै भएको छ । कहिले कहिँखोज उद्धार गर्दागर्दै पनि बेपत्ता हुन्छ मानिस भेटिँदैन । त्यसैले हामीले १० दिनसम्म खोज गर्ने, यदी विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि भेटिएन भने मृतक सरह राहत दिने निर्णय हामीले गरेका छौँ । जीवितै भएपनि केही बिग्रिएन सरकारले सहयोग गर्ने कुरा हो । खोज, उद्धार, पुनःनिर्माणमा पनि हामी तयारी अवस्थामा छौँ । कुनै कमी नगरी काम गर्नेछौँ । पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएका छौँ । अब जोखिम उत्पन्न भइहाल्यो भने प्रतिकार्यको कुरा हो । खोज, उद्धार, राहत, पुनःनिर्माणको चरण हुन्छ ।’

सरकारले पूर्वसूचनाका लागि एसएमएसले नपुगेको निष्कर्ष निकाल्दै टेलिफोनको सर्भिस प्रोभाइडरहरुलाई अब घण्टी नै एकै पटक बजाउने र फोन उठाउने वातावरण बनाउनेबारे सोचिरहेको बताउनु भयो ।