१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अहिले लोकतन्त्र र गणतन्त्रको युग होः राष्ट्रपति पौडेल

अहिले लोकतन्त्र र गणतन्त्रको युग होः राष्ट्रपति पौडेल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताउनुभएको छ ।

आईतवार शितल निवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आजको युगमा सरकारले सबै नेपालीलाई समान रुपमा न्याय दिनुपर्ने बताउनु भयो । उहाँले राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्ने बताउनु भयो । रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको भन्दै उहाँले भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका उल्लेख गर्नुभयो । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको छ । भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका छन् । नेपाली भाषाले विस्तार पाएको छ । नेपालमा सझा भाषिक संस्कृतिको निर्माण हुँदै आएको छ । आजको युग लोकतन्त्रको र गणतन्त्रको युग हो । राज्यले सबै नेपालीलाई समान रुपमा न्याय दिनुपर्छ । र राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्छ । यस पृष्ठभूमिमा भानुभक्तका योगदानलाई पनि आधुनिक चेतनाका साथ अघि बढाउनु आवश्यक छ । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन् । प्रत्येक भाषाका श्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषाको साहित्य सिर्जना गर्नुभएको छ । भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्य तीर्थस्थलका रुपमा विकास गर्ने अवधारणाका रुपमा यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्वित गर्न आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्ने बताउनु भयो ।