२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले लोकतन्त्र र गणतन्त्रको युग होः राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताउनुभएको छ ।

आईतवार शितल निवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आजको युगमा सरकारले सबै नेपालीलाई समान रुपमा न्याय दिनुपर्ने बताउनु भयो । उहाँले राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्ने बताउनु भयो । रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको भन्दै उहाँले भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका उल्लेख गर्नुभयो । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको छ । भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका छन् । नेपाली भाषाले विस्तार पाएको छ । नेपालमा सझा भाषिक संस्कृतिको निर्माण हुँदै आएको छ । आजको युग लोकतन्त्रको र गणतन्त्रको युग हो । राज्यले सबै नेपालीलाई समान रुपमा न्याय दिनुपर्छ । र राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्छ । यस पृष्ठभूमिमा भानुभक्तका योगदानलाई पनि आधुनिक चेतनाका साथ अघि बढाउनु आवश्यक छ । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन् । प्रत्येक भाषाका श्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषाको साहित्य सिर्जना गर्नुभएको छ । भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्य तीर्थस्थलका रुपमा विकास गर्ने अवधारणाका रुपमा यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्वित गर्न आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्ने बताउनु भयो ।