१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन सकेन

तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन सकेन
अ अ+ अ-

काठमाडौँ । तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन असफल भएको छ ।

आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न आफूहरु यस पटक असफल भएको बताउनुभएको हो ।

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने प्रश्तावसहित मन्त्री पाण्डे १४६ औं वल्र्ड हेरिटेज मिटिङमा सहभागी हुन जानुभएको थियो । तर इकोमसले स्थगन पनि नगर्ने र स्वीकृत पनि नगर्ने रिपोर्ट गरेसँगै यस वर्षका लागि तिलौराकोट डिफर चरणमै रहेको छ । वल्र्ड हेरिटेज कमिटीमा भारतसहितका २१ वटा देशहरु थिए । तर भारतले समेत शाक्य वंशको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न कुनै चासो दिएन । मन्त्री पाण्डेकाअनुसार त्यसमा नेपालका पनि केही प्राविधिक त्रुटीहरु रहेको बताउनु भयो । उहाँले अर्को पटकको बैठकमा कमीहरु सुधार गरेर आफूहरु अघि बढ्ने बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘सुखद् पक्ष लुम्बिनी गएको १४६ औं वल्र्ड हेरिटेज मिटिङमा खतराको सूचिमा पर्नेबाट जोगाएर हामी आएका छौँ । एक वर्षको समय माग गरेका थियौँ, हामी सुधार गर्छौं भनेर । त्यो कार्ययोजना हाम्रो बन्यो । त्यसपछि काम पनि फटाफट ग¥यौँ । अब यस पटक १४७ औं सेसनबाट लुम्बिनी खतराको सूचिबाट मुक्त भएको छ । हामी ठूलो उत्साह लिएर गएका थियौँ । शाक्य वंशको राजधानी भनेर । लगभग तथ्यहरुले प्रमाणित भइसकेको थियो । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने थियो । तर केही प्राविधिक कारणले, इकोमसको रिपोर्ट, केही विभिन्न देशहरु, जसको हामीले सपोर्ट प्राप्त गर्नुपर्दथ्यो । भारतसहित २१ वटा देशको वल्र्ड हेरिटेज कमिटी छ । भारतको समेत यसमा त्यति ठूलो सदीक्षा रहेन । तर हामीले त्यो डिफरबाट, जुन पहिलो चरण स्वीकार गर्नुपर्ने हो, दोस्रो रिफर, तेस्रो डिफर र चौथो रिजेक्टको चार अवस्थामा हामीलाई इकोमसले डिफरको रिपोर्ट दिएका थियो । हामी डिफरमै रह्यौँ, स्थगनकै अवस्थामा रह्यौँ । स्थगत पनि भएन स्वीकृत पनि भएन । अर्को पटक सुधार गर्दै र कुटनीतिक तयारी गर्नेगरी अघि बढ्नेछौँ । अर्को पटक अहिले भएका सबै देशहरु रहँदैनन् ।’

मन्त्री पाण्डेले अर्को पटक कमीहरु सुधार गर्ने, अन्य देशहरुसँग पनि कुटनीतिक पहल गर्नेगरी आफूहरु अघि बढ्ने बताउनु भयो ।