काठमाडौँ । सभामुख देवराज घिमिरेले आधुनिक लोकतन्त्रको विकल्प नभएको दाबी गर्नुभएको छ ।
शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि सबै राजनीतिक दलहरुले आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताउनु भयो । उहाँले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गर्नेकुरा मुलुकमा रहेका राजनीतिक दलहरुको नै भएकाले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने काम राजनीतिक दलहरुको नै रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले आफ्नो सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम कार्यान्वयन गर्न संसदमा प्रभावकारी भुमिका खेल्न जरुरी रहेको बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘आधुनिक लोकतन्त्रको विकल्प मलाई लाग्छ केही छैन तर यो भइरहेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि खेल्नुपर्ने भुमिका खेल्ने कोशिसहरु राजनीतिक दल बाहेक अरु के हुनसक्छ ? राजनीति, धार्मिक संघसंस्थाहरु, अन्य सामाजिक प्रभावकारी संघसंस्थाहरु, वा विभिन्न खालका विगतका केही धार्मिक राजतन्त्र, परम्परागत राजतन्त्र भएका मुलुकहरु यिनीहरुका शक्तिहरु होइनन् । वास्वतमा राजनीतिक शक्तिबाट यो मुलुकलाई परिवर्तन गरेर राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गरेर विभिन्न बाटो हुँदै आएका विभिन्न राजनीतिक दलहरु नै यसका महत्वपूर्ण मेरुदण्ड हुन् । ति मेरुदण्डहरुले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने माध्यम उनीहरुको संसद हो । संसदको माध्यमबाट यि सबै कामहरु गर्दछन् । आफूलाई करेक्शन पनि गर्नुपर्छ । सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम के हुन्, कार्याक्रम कार्यान्वयन गर्न संसदमा के भुमिका खेल्छन् भन्नेकुरा महत्वपूर्ण छ । ’
सभामुख घिमिरेले राजनीतिक दलहरु जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो । आजको आवश्यकता पूरा गर्ने नेतृत्व निर्माणमा राजनीतिक दलहरु जानुपर्ने बताउनु भयो । इमान, निष्ठा, समर्पण आज खड्किएको बताउनु भयो ।










