१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे

आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले आधुनिक लोकतन्त्रको विकल्प नभएको दाबी गर्नुभएको छ ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि सबै राजनीतिक दलहरुले आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताउनु भयो । उहाँले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गर्नेकुरा मुलुकमा रहेका राजनीतिक दलहरुको नै भएकाले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने काम राजनीतिक दलहरुको नै रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले आफ्नो सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम कार्यान्वयन गर्न संसदमा प्रभावकारी भुमिका खेल्न जरुरी रहेको बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘आधुनिक लोकतन्त्रको विकल्प मलाई लाग्छ केही छैन तर यो भइरहेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि खेल्नुपर्ने भुमिका खेल्ने कोशिसहरु राजनीतिक दल बाहेक अरु के हुनसक्छ ? राजनीति, धार्मिक संघसंस्थाहरु, अन्य सामाजिक प्रभावकारी संघसंस्थाहरु, वा विभिन्न खालका विगतका केही धार्मिक राजतन्त्र, परम्परागत राजतन्त्र भएका मुलुकहरु यिनीहरुका शक्तिहरु होइनन् । वास्वतमा राजनीतिक शक्तिबाट यो मुलुकलाई परिवर्तन गरेर राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गरेर विभिन्न बाटो हुँदै आएका विभिन्न राजनीतिक दलहरु नै यसका महत्वपूर्ण मेरुदण्ड हुन् । ति मेरुदण्डहरुले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने माध्यम उनीहरुको संसद हो । संसदको माध्यमबाट यि सबै कामहरु गर्दछन् । आफूलाई करेक्शन पनि गर्नुपर्छ । सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम के हुन्, कार्याक्रम कार्यान्वयन गर्न संसदमा के भुमिका खेल्छन् भन्नेकुरा महत्वपूर्ण छ । ’

सभामुख घिमिरेले राजनीतिक दलहरु जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो । आजको आवश्यकता पूरा गर्ने नेतृत्व निर्माणमा राजनीतिक दलहरु जानुपर्ने बताउनु भयो । इमान, निष्ठा, समर्पण आज खड्किएको बताउनु भयो ।