१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी अध्यक्षमाथि भ्रष्टाचारको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफः ‘यो प्रश्न हामीले पनि गर्नुपर्ने हुनसक्छ’



अ+ अ-

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताउनुभएको छ ।

शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुट्नुभएका तपाईंका पार्टीका अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्नेकुरा कसरी विश्वास गर्ने ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले यो आम जनताको प्रश्न रहेको बताउनु भयो । उहाँले यस्ता प्रश्नहरु आफूहरुले पनि गर्नुपर्ने हुनसक्ने बताउनु भयो । आफूले हालै सम्पन्न पार्टीको सचिवालय बैठकमा लिखित दस्ताबेज प्रश्तुत गरेको र दस्ताबेजबारे पार्टीभित्रै छलफल भइसकेपछि बाहिर ल्याउने बताउनु भयो ।

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘यो आम जनताको प्रश्न तपाईंले गर्नुभयो । हामीले पनि यस्ता प्रश्नहरु गर्नुपर्ने हुनसक्छ । मैले हाम्रो पार्टीको सचिवालयको भर्खरै सम्पन्न भएको बैठकमा एउटा लिखित दस्ताबेज प्रश्तुत गरेको छु । त्यो दस्ताबेज अहिले मैले बाहिर ल्याएको छैन । त्यो पार्टीभित्रै पहिला राखौँ भनेकाले पार्टीभित्रै राखेको छु, त्यसबारेमा छलफल हुन्छ, हुनेवाला छ । त्यो छलफल भइसकेपछि यो बारेमा भन्नुपर्ने कुरा भन्नेछु ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीको मात्रै नभइ सिंगो कम्युनिष्ट आन्दोलनलाई वैचारिक क्रान्ति कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिका बारेमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।वामपन्थीहरुबीच खँदिलो एकता आवश्यक भएको बताउनु भयो ।