१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पार्टी अध्यक्षमाथि भ्रष्टाचारको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफः ‘यो प्रश्न हामीले पनि गर्नुपर्ने हुनसक्छ’

पार्टी अध्यक्षमाथि भ्रष्टाचारको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफः ‘यो प्रश्न हामीले पनि गर्नुपर्ने हुनसक्छ’
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताउनुभएको छ ।

शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुट्नुभएका तपाईंका पार्टीका अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्नेकुरा कसरी विश्वास गर्ने ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले यो आम जनताको प्रश्न रहेको बताउनु भयो । उहाँले यस्ता प्रश्नहरु आफूहरुले पनि गर्नुपर्ने हुनसक्ने बताउनु भयो । आफूले हालै सम्पन्न पार्टीको सचिवालय बैठकमा लिखित दस्ताबेज प्रश्तुत गरेको र दस्ताबेजबारे पार्टीभित्रै छलफल भइसकेपछि बाहिर ल्याउने बताउनु भयो ।

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘यो आम जनताको प्रश्न तपाईंले गर्नुभयो । हामीले पनि यस्ता प्रश्नहरु गर्नुपर्ने हुनसक्छ । मैले हाम्रो पार्टीको सचिवालयको भर्खरै सम्पन्न भएको बैठकमा एउटा लिखित दस्ताबेज प्रश्तुत गरेको छु । त्यो दस्ताबेज अहिले मैले बाहिर ल्याएको छैन । त्यो पार्टीभित्रै पहिला राखौँ भनेकाले पार्टीभित्रै राखेको छु, त्यसबारेमा छलफल हुन्छ, हुनेवाला छ । त्यो छलफल भइसकेपछि यो बारेमा भन्नुपर्ने कुरा भन्नेछु ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीको मात्रै नभइ सिंगो कम्युनिष्ट आन्दोलनलाई वैचारिक क्रान्ति कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिका बारेमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।वामपन्थीहरुबीच खँदिलो एकता आवश्यक भएको बताउनु भयो ।