२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आ.व.मा ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत



अ+ अ-

पाटन । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनेले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्र्च भने ६०.६२ प्रतिशत गरेको बताउनुभएको हो ।

मेयर महर्जनकाअनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च ८५.३२, राजश्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत रहेको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्यांकन ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७४.७१ प्रतिशत रहेको बताएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।