काठमाडौं । पुराना राजनीतिज्ञ, राप्रपाका संस्थापक एवं वरिष्ठ नेता एबं पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बिहान ललितपुरको बिएण्डबि अस्पतालमा उपचारका क्रममा घर्ती मगरको निधन भएको छ।
घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको श्रेष्ठले बताउनु भयो ।










