काठमाडौं । नेपाली कांग्रेसले पार्टीविरुद्ध गतिविधिमा संलग्न भएको भन्दै २६ जना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उनीहरूलाई अबदेखि पार्टी हितविपरीत कुनै पनि कार्य नगर्न औपचारिक चेतावनी दिइएको उल्लेख गरिएको छ ।
समितिका अनुसार २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेका कार्यकर्तामध्ये कैलालीका २ जना, डोल्पाका १० जना, सल्यानका ११ जना, दैलेख, खोटाङ र धनुषाका १–१ जना गरी जम्मा २६ जनालाई सचेत गराउने निर्णय गरिएको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार, प्राप्त अन्य उजुरीहरू अझै पनि छानबिनको प्रक्रियामा रहेका छन् ।










