२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

२६ जना नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

२६ जना नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीविरुद्ध गतिविधिमा संलग्न भएको भन्दै २६ जना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उनीहरूलाई अबदेखि पार्टी हितविपरीत कुनै पनि कार्य नगर्न औपचारिक चेतावनी दिइएको उल्लेख गरिएको छ ।

समितिका अनुसार २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेका कार्यकर्तामध्ये कैलालीका २ जना, डोल्पाका १० जना, सल्यानका ११ जना, दैलेख, खोटाङ र धनुषाका १–१ जना गरी जम्मा २६ जनालाई सचेत गराउने निर्णय गरिएको हो ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार, प्राप्त अन्य उजुरीहरू अझै पनि छानबिनको प्रक्रियामा रहेका छन् ।