५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु



Smoke rises following an Israeli bombardment in the Gaza Strip, as seen from southern Israel, Wednesday, March 19, 2025. (AP Photo/Ariel Schalit)
अ+ अ-

एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका सहित २३ जनाको मृत्यु भएको बताएको छ ।

गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो ।

एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार २९ र सोमबार १२ जनाको मृत्यु भएको बताएको छ ।

एजेन्सीका अधिकारी मोहम्मद अल–मुगैरले मध्य र दक्षिणी गाजामा बम विस्फोटको पछिल्लो लहर आएको र सबैभन्दा घातक देइर अल–बलाहमा १२ जनाको मृत्यु भएको बताउनुभयो । मृतकमध्ये आठ बालबालिका र दुई महिला थिए ।

नुसिरात शिविरमा छुट्टै आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने मध्य गाजाको बुरेज शिविरमा चार जनाको ज्यान गएको छ ।

दक्षिणमा खान युनिसको अल–मवासी क्षेत्रमा पालमा बसेका पाँच जना व्यक्ति रहेको उहाँले बताउनुभयो ।

इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन ।