५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भारी वर्षाका कारण ११ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको डनले बुधबार रिपोर्ट गरेको छ ।

डनका अनुसार भारी वर्षाले व्यापक बाढी निम्त्याउँदा दैनिक जीवनमा गम्भीर रूपमा बाधा पुगेको छ । लाहोरमा, मुषलधारे वर्षाले तल्लो छेउछाउ र प्रमुख सडकहरू डुबानमा पारेको बताइएको छ ।

लाहोरको वाटर एन्ड सेनिटेसन एजेन्सी ९वास० को तथ्याङ्कअनुसार यस क्षेत्रमा औसत ५८।८ मिलिमिटर, निश्तार टाउनमा सबैभन्दा बढी ८४ मिलिमिटर, लक्ष्मी चोकमा ७८ मिलिमिटर र पानीवाला तालाबमा ७४ मिलिमिटर वर्षा भएको छ ।

पन्जाब प्रान्तका अन्य ठाउँमा, खानवाल (५१ मिमी) रावलपिन्डी (४२ मिमी) साहीवाल (४४ मिमी), मुर्री (४१ मिमी), ओकारा (३० मिमी) र अन्य सहित विगत २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा रेकर्ड गरिएको छ । गुजरानवाला, बहावलपुर र मुल्तान लगायत अन्य धेरै सहरमा पनि वर्षाको अनुभव भएको छ ।

पाकिस्तानको आपत्कालीन सेवा, उद्धार ११२२ का अनुसार पन्जाबभरि वर्षासँग सम्बन्धित घटनामा नौ जनाको मृत्यु भएको छ ।

यसैबीच, बलुचिस्तानमा भारी वर्षा र तीव्र बतासका कारण मृत्यु र क्षति भएको छ । खुजदार र मस्तुङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको डनले जनाएको छ ।




भर्खरै