८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४४३ तोकिनुपर्छ: जेटियुसिसी

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४४३ तोकिनुपर्छ: जेटियुसिसी
अ+ अ-
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रमिकको न्यूनतम पारिश्रमिक रु ३० हजार ४४३ मासिक तोक्नुपर्ने माग राखेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडाले न्यूनतम पारिश्रमिकमा  अविलम्ब पुनरावलोकन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयन तथा श्रमसम्बन्धी कानुनको संशोधनलगायत विषयमा सरकार, रोजगारदाता र सरोकार भएकाहरूको ध्यानाकर्ष गराएको छ ।
यी माग सम्बोधन नभए यही असार २६ गतेदेखि संयुक्त आन्दोलनमा जाने उहाँको भनाइ थियो ।  “वर्तमान बजार मूल्य र परिवारको न्यूनतम जीवनस्तरलाई ध्यानमा राख्दा चार सदस्यीय परिवारको लागि मासिक खर्च रु ३० हजारदेखि रु ३५ हजारको हाराहारीमा पर्छ”, उहाँले भन्नुभयो, “वैज्ञानिक, तुलनात्मक तथा व्यवहारिक आधारमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार ४४३ तोकिनुपर्छ ।”
अध्यक्ष सिम्खडाले पारिश्रमिक निर्धारणका लागि त्रिपक्षीय वार्तामा श्रमिकका प्रस्तावलाई गम्भीर रूपमा ग्रहण गर्न सरकारसँग आग्रह गर्नुभयो । सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने संवैधानिक दायित्व छ । पछिल्लो पटक सरकारले विसं २०८० मा रु १७ हजार ३०० मासिक पारिश्रमिक तोकेको थियो । पछिल्ला दुई वर्षमा मुद्रास्फीति, उपभोग्य वस्तुको मूल्यवृद्धि, आवास तथा  स्वास्थ्य सेवाको खर्च बढेसँगै श्रमिकको जीवनस्तर प्रभावित भएको केन्द्रले जनाएको हो ।
केन्द्रले श्रमसम्बन्धी ऐन नियममा समयसापेक्ष सुधार र संशोधन गरी प्रभावकारी रूपमा कार्यान्वयनलगायत १५ बुँदे माग राखेको छ । “यदि त्रिपक्षीय बैठकमा सकारात्मक निर्णय भएन भने आगामी दिनमा चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गर्नेछौँ”, अध्यक्ष सिम्खडाले भन्नुभयो,“काठमाडौँसँगै सातै प्रदेशमा संयुक्त प्रदर्शन र ज्ञापनपत्र पेस गर्ने कार्यक्रम छ । औद्योगिक करिडोरमा श्रमिक ¥याली र सभा गर्नेछौँ ।”
श्रम प्रशासनमा सुधार र सुदृढीकरण गर्दै, श्रम ऐनमा व्यवस्था भएअनुसार श्रम निरीक्षण प्रणाली, श्रम ‘अडिट’, कार्यस्थलमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा समिति एवं श्रमसम्बन्ध समिति गठनलगायत कामहरू प्रभावकारी रूपमा लागू गर्नुपर्ने केन्द्रको माग छ ।
यस्तै, सङ्गठन गर्न पाउनेसम्बन्धी मौलिक हक, सामूहिक सौदाबाजी, उचित श्रम अभ्यास र योगदानमा आधारित सामाजिक सुरक्षा अधिकारको व्यवस्थासम्बन्धी सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्ने केन्द्रको माग छ ।
यस्तै, ठेकेदारी प्रथामार्फत कानुनविपरीत श्रमिक आपूर्ति गर्ने कार्यलाई रोक्न तत्काल त्रिपक्षीय संयन्त्र बनाई श्रम बजारको नियमन गर्नुपर्ने अध्यक्ष सिम्खडाले बताउनुभयो । केन्द्रले सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा त्रिपक्षीय रूपमा भइरहेको प्रतिनिधित्वको मर्म विपरीत भएको मनोनयन तत्काल सच्चाउनसमेत सरकारको ध्यानार्कषण गराएको छ ।