१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ ।

आज विकास बैङ्क समूह शून्य दशमलव ४१, वित्त एक दशमलव २५, जलविद्युत् शून्य दशमलव ५९, लगानी शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ३८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ०१, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बिमा शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।

बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।