८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

काँग्रेसले विपीको प्रजातान्त्रिक विचार बेचिसक्योः प्रमुख सचेतक शाही

काँग्रेसले विपीको प्रजातान्त्रिक विचार बेचिसक्योः प्रमुख सचेतक शाही
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली काँग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको विचार नै बेचिसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठक मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संसदमा एक जनाले बोलेमात्रै उसको पनि विचार सुन्नुपर्छ भन्ने विपीको विचार काँग्रेसले बचेको भान भएको उहाँको टिप्पणी छ ।  भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको भएपनि सरकारले सुन्न नचाहेको उहाँको भनाइ छ । उहाँले आफूहरु सरकारविरोधी आन्दोलन नभई मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरु सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको सरकार छ भन्दापनि मलाई लाज लागेर आयो । किनभने प्रजातान्त्रिक सरकार हो प्रजातन्त्रको ओकालत गर्छौं भन्नेहरुले संसदमा एक जना मात्रै छ भने पनि उसको आजाव सुन्नुपर्छ भन्ने वीपी कोइरालालाई काँग्रेसले बेच्यो जस्तो लाग्यो मलाई । किनभने हामीले कयौं दिनदेखि संसदमा भिजिट भिसा प्रकरणबारे आजाव उठाइरहेका छौं । सरकारले सुन्न खोजिरहेको छैन । यो हामीले सरकारका विरुद्धमा गरेको गतिविधि होइन । यो हाम्रो मानव बेचबिखनविरुद्धको अभियान हो । यो संसदमात्र होइन सडकबाट पनि हुन्छ याद राख्नुहोला । भोलि तपाईकै मतदाताले सोध्नेछन्, भिजिट भिसाका कति पैसा कुम्ल्याउनु भयो ? भनेर के जवाफ दिनुहुन्छ ? त्यसकारण संख्याका आधारमा नभई अपराधका आधारमा छानविन समिति बनोस् ।’

उहाँले भिजिट भिसा दुरुपयोग छानबिन समिति संख्याका आधारमा नभई अपराधको प्रकृति अनुसार गठन हुनुपर्नेमा जोड दिनुभयो ।