७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्डको सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्डको सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला
अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

उक्त म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य रु.१० दरको बाह्र करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने छ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्य योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीज पूँजीको रुपमा रहनेछ ।

र बाँकी न्यूनतम् दश करोड बीस लाख इकाईको लागि विभिन्न संघ संस्था÷सर्वसाधारणहरुको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ । यस योजनामा संघ संस्था तथा सर्वसाधारणहरुले न्यूनतम एक सय इकाई र अधिकतम् एक करोड बीस लाख इकाईको आवेदन दिनसक्नेछन् ।

मुख्य विशेषताहरु:

योजना प्रकार बन्दमुखी योजनाफण्डको नाम ग्लोबल आइएमई म्युचुयल फण्ड
कोषको आकार प्रारम्भिक रु १.२० अर्ब (अत्याधिक माग भएमा रु. १.५० अर्बसम्म)
प्रति इकाई मुल्य रु १०
सर्वसाधारण निष्काशन गरिने इकाई १२ करोड इकाईहरु
न्यूनतम लगानी १०० इकाई
अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात १.२० करोड इकाई
योजनाको अवधि इकाई बाँडफाँड मिति देखी १० वर्ष
लाभांश नीति प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पून लगानी
सूचीकरण नेपाल स्कट एक्सचेन्ज (नेप्से)मा सुचीबद्ध
प्रारम्भिक लगानी १५ प्रतिशत (फण्ड प्रायोजक र व्यवस्थापक
व्यवस्थापन शुल्क नेट सम्पत्ति मुल्यको १.५० प्रतिशत
डिपोजिटरी शुल्क नेट सम्पत्ति मुल्यको ०.२० प्रतिशत
लगानी मिश्रण
इक्विटीरइक्विटी सम्बन्धी साधनहरूः ७०–९० प्रतिशत (उच्च जोखिम)
ऋणपत्रः निश्चित आम्दानी साधनहरूः ०–१० प्रतिशत (मध्यम जोखिम)
फिक्स डिपोजिटः ०–१० प्रतिशत (न्यून जोखिम)
नगद/आईपीओ/अन्य म्युचुअल फन्डः ०–१० प्रतिशत (न्यून जोखिम)
लगानी गर्नुपर्ने कारणहरू
व्यवसायिक व्यवस्थापन
विविधीकरण
सहजता र पहुँच
सस्तो लगानी
पारदर्शिता
कर छुट
लगानीकर्ता संरक्षण
प्रक्षेपण अनुसार लगानी प्रतिफल (१० वर्ष)

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरु सञ्चालन भइसकेका छन । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ (३) रेटिङ्ग प्रदान गरेको छ ।