१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने
अ अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ ।

साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ । साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । यस महिनामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलाई पनि अनुगमनमा खटाउने गरी तयारी गर्न लागिएको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल ९रेक्जोन० का पदाधिकारी एवं कार्य समिति सदस्यहरुसँगको अन्तरक्रियामा उहाँले साउनदेखि नै पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकार एवं सञ्चारकर्मीका लागि ‘मिडिया सेन्टर’ को सुरुवात गरिने प्रतिबद्धता जनाउनुभयो ।

साउनको सोमबार र शनिबार, हरितालिका ९तीज०, बाला चतुर्दशी, महाशिवरात्रि, विक्रम संवत्को नयाँ वर्ष वैशाख १ गते, अक्षया तृतीयालगायत पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । त्यसबेला पशुपति क्षेत्रबाट समाचार सङ्कलनमा समस्या हुने गरेको छ । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र एवं राष्ट्रदेवका रुपमा रहेको पशुपति क्षेत्रलाई थप व्यवस्थित बनाउन यसो गर्न लागिएको हो ।

कोषको कर्मचारी नियमावली छिटो ल्याउन पहल गर्ने पनि निमित्त सदस्यसचिव जोशीको प्रतिबद्धता छ । नियमावली अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको जनाइएको छ । लामो समयदेखि बढुवा नहुँदा कर्मचारी निराश भएकाले केही महिनामै विज्ञापन गर्नेगरी तयारी गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

पशुपति क्षेत्र विकास कोष ऐनलाई संशोधनका लागि पनि पहल गरिने उहाँको प्रतिबद्धता छ । कोषले सूचना प्रविधिका विभिन्न माध्यमलाई प्रभावकारी बनाउँदै नागरिक एपमार्फत सेवा दिने तयारी पनि गरेको सदस्यसचिव जोशीले बताउनुभयो ।