१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरीः राष्ट्रपति

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरीः राष्ट्रपति
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ ।

सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको रहेको बताउनु भयो । परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउनसके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने जिकिर गर्नुभयो । देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको छ । हामी सानो सानोमा बाख्रा चराउन जाँदा किर खेल्थिम । किरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थिम । त्यसकै आज विकसित रुप क्रिकेट हो । हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ भने अर्कोतिर हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्छन् । यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक छ ।’

एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आईतवार साँझ स्वदेश फर्किएको हो । गत शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।