२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमल थापाले दिए शीघ्र गद्धी आरोहणको शुभकामना

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमल थापाले दिए शीघ्र गद्धी आरोहणको शुभकामना
अ अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९ औं जन्मोत्सवका अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले शीघ्र गद्धी आरोहणको शुभकामना दिएका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् जनताको चाहनाअनुसार पूर्वराजा ज्ञानेन्द्रले शीघ्र गद्धीआरोहणको शुभकामना दिएका हुन् । उनले ७९ औं जन्मोत्सवको अवसरमा पूर्व राजाको सुख, शान्ति, सुस्वास्थ्यको कामनासमेत गरेका छन् ।

थापाले लेखेका छन् –

७९ औं शुभजन्मोत्सवको पावन अवसरमा पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेवमा सुख,शान्ति, सुस्वास्थ्य र जनताको चाहना अनुरूप शिघ्र गद्दि आरोहणको मंगलमय शुभ(कामना ।

राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मोत्सव आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । राजावादीहरुले देशभर दीप प्रज्वलन गरेर पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाउने भएका हुन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले यसअघि नै शुभेच्छुक जनसमुदाय र विभिन्न संघ–संस्थाहरूलाई पूर्वराजाको जन्मोत्सवको देशभर दिन दीप प्रज्ज्वलनलगायत कार्यक्रमहरू आयोजना गर्न समर्थकलाई आग्रह गरिसकेका छन् ।

जन्मोत्सवका अवसरमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवासमा पूर्वराजासमक्ष शुभकामना तथा अभिवादन चढाउन सकिने कार्यक्रम रहेको छ ।

संयुक्त जनआन्दोलन समितिले राजा र जनता मिलेर राष्ट्र जोगाएको इतिहासलाई स्मरण गर्दै जन्मोत्सव मनाउन लागिएको बताइएको छ ।