२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

कांग्रेस बैठक सोमबारसम्म चल्ने

कांग्रेस बैठक सोमबारसम्म चल्ने
अ अ+ अ-

काठमाडौँ । यही असार १६ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज भएको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

त्यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा मिनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शङ्कर भण्डारी, धु्रव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु बाँस्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रुपमा बैठकमा सहभागी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको १०० दिने अभियानका प्रतिवेदनहरु, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, कृयाशील सदस्यता नविकरण प्रगति विवरण, केही भातृ संस्थाबारे निर्देशक समितिको राय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार, शुभेच्छुक संस्थाको बारेमा, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धी, संसद् र सरकारमा पार्टीको भुमिका प्रभावकारीतालगायत समसामयिक विषयमा छलफल जारी छ ।

बैठकमा हालसम्म सहमहामन्त्रीसहित कोषाध्यक्ष, केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिसक्नुभएको छ । सोमबार बस्ने बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापितद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले आफ्ना धारणा राखेपछि सभापति शेरबहादुर देउवाले निष्कर्षसहित सम्बोधन गर्नुहुनेछ । त्यसपछि आवश्यक निर्णयसहित बैठक सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । त्यस्तै सभापतिका निकटतम् प्रतिस्पर्धी एक जना गरी जम्मा १६८ केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । यस बाहेक केन्द्रीय समिति बैठकमा आमन्त्रित तीन केन्द्रीय सदस्य, आमन्त्रित रुपमा सात प्रदेशका पार्टीका सभापति, केन्द्रीय सदस्य नभएका आमन्त्रित गरिएका चार मन्त्रीहरु रामनाथ अधिकारी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र राज्यमन्त्री खमबहादुर गर्बुजाको उपस्थिती रहेको थियो ।