७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न
अ+ अ-

बिर्तामोड । एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ ।

राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो । हालसम्म सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर सुनिलबाबु पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार डाइभर्सन मर्मतपछि निर्माण सुचारु गरिएको हो ।

“पन्ध्र मिटर लम्बाइ र छ दशमलव पाँच मिटर उचाइ रहेको यो क्रसिङ संरचनाको निर्माण लागत रु तीन करोड ३९ लाख ५८ हजार रहेको छ । हालसम्म रु एक करोड ५२ लाख बराबरको काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो ।

चाराली क्षेत्र वरिपरि रहेका सामुदायिक वन, नेपाली सेनाको वन संरक्षण इकाइ र खुला सिमाना भएर भारततर्फबाट आउने जङ्गली जनावरहरूको आवागमनका कारण यो क्षेत्र वन्यजन्तु–मानव द्वन्द्वको उच्च जोखिममा परेको छ ।

पछिल्ला केही वर्षयता हात्ती, चितुवा र बाघको आक्रमणबाट ३० जनाको ज्यान गइसकेको इञ्जिनीयर पन्तले उल्लेख गर्नुभयो । उहाँका अनुसार हात्तीको आक्रमणबाट मात्रै झापा र मोरङका बस्तीमा ठूलो जनधनको क्षति पुगेको छ ।

जिल्लास्थित डिभिजन वन कार्यालयका अधिकृत ऋषि तिम्सिनाका अनुसार मेचीनगर, अर्जुनधारा, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रमा बाँदर र हात्तीको समस्या रहँदै आएको छ भने उत्तरी झापामा चितुवा र बाघको आतङ्क देखिएको छ ।

स्थानीयवासी तथा वन अभियन्ताहरूका अनुसार यस प्रकारको संरचनाले वन्यजन्तुका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न सहयोग गर्नेछ । बिर्तामोड–७ का वन अभियन्ता बद्री प्याकुरेलले हात्ती जोगाउन विगतमा लगाइएका ‘फेन्सिङ’ तारहरू पूर्ण प्रभावकारी नदेखिएको बताउनुभयो । उहाँले सभामुख देवराज घिमिरेको पहलमा लगाइएको तारले केही हदसम्म काम गरे पनि हालको समस्या समाधान गर्न अझ प्रभावकारी संयन्त्र आवश्यक रहेकामा जोड दिनुभयो ।

चाराली क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बद्री महतले राजमार्ग दुवैतर्फ सामुदायिक वन रहेकाले वन्यजन्तुको सहज आवागमनका लागि एलिफेन्ट क्रसिङ अत्यन्त उपयोगी हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यो संरचनाले वन्यजन्तुको सुरक्षा मात्र होइन, मानवीय क्षति न्यूनीकरणमा पनि योगदान पुर्‍याउने विश्वास छ ।”

हात्ती अभियन्ताका रूपमा परिचित बाहुनडाँगीका अगुवा अर्जुन कार्कीले हात्तीको आक्रमणलाई द्वन्द्वका रूपमा मात्र हेर्न नहुने बताउँदै वन्यजन्तुको संरक्षण र व्यवस्थापनमार्फत समुदायमा रोजगारी र आम्दानी सृजना गर्ने सम्भावनालाई पनि ध्यानमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले खुल्ला सिमानाबाट नेपाल प्रवेश गर्ने हात्तीहरूको उचित व्यवस्थापन गर्न तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

एसियन राजमार्गअन्तर्गत निर्माणाधीन उक्त एलिफेन्ट क्रसिङले दीर्घकालीन रूपमा वन्यजन्तु व्यवस्थापन र पूर्वी झापा क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।