२८ असार २०८३, आईतवार
,
Latest
तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा गोरखामा एकतिहाइ मात्र मल आपूर्ति बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा भानु जयन्ती विविध कार्यक्रमसहित मनाइँदै विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍यायो सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा एक व्यक्तिद्वारा आफ्नै परिवारका ४ जनाको हत्या



अ+ अ-

भोजपुर । भोजपुरमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका वडा नं. २ का राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।

राजेन्द्रले चारै जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले ससुरा बेलबहादुर गिरी, सासु बिन्दु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन ।

चार जनाको हत्या गरिसकेपछि उनले प्रहरीलाई आफैंले खबर गरेका थिए । उनले प्रहरीको कन्ट्रोल रुममा फोन गरेर आफूले चार जनाको हत्या गरेकाले पक्राउ गर्न आउन भनेका थिए । त्यसपछि तत्काल अस्थायी प्रहरी पोष्ट ओख्रेको प्रहरी टोली परिचालित भएको थियो ।

उनलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका १ हर्बुभन्ज्याङ भन्ने स्थानमा प्रहरीले फेला परेको थियो । उनी पेटमा धारिलो हतियार प्रहार भएको अवस्थामा फेला परेका थिए ।

राजेन्द्रले दुई वर्ष अघि प्रेम बिवाह गरेका थिए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।