१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
अ अ+ अ-

ललितपुर। आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ तथा नेपाल पत्रकार महासङ्घद्वारा आज काठमाडौँमा आयोजित अन्तरक्रिया एवं तनाव व्यवस्थापन कार्यक्रममा वक्ताहरूले यस्तो जोड दिनुभएको हो ।

कार्यक्रममा चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले कम मूल्यमा प्रभावकारी सेवा प्रदान हुने आयुर्वेद उपचार पद्धतिलाई उपचारका लागि पहिलो रोजाइमा पर्ने गरी विकास गरिनुपर्ने बताउनुभयो ।  “एलोपेथिक उपचार पद्धतिभन्दा आयुर्वेद सस्तो, प्रभावकारी र लाभदायक छ, तर यस क्षेत्रमा राज्यको ध्यान पुगेको छैन र पर्याप्त बजेट व्यवस्थापन गर्न सकिएको छैन । सञ्चारमाध्यमले यसको प्रभावकारिताका लागि व्यवहारिक अभ्याससहित पक्षपोषण र सचेतनाका लागि जोड दिनुपर्छ”,  उहाँले भन्नुभयो ।

आयुर्वेदिक डा महेश्वर भट्टले स्वास्थ्य समाजका लागि मानिसको मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुने भन्दै मानसिक रूपमा स्वास्थ्य रहने व्यक्तिको सोचाइ सधैँ सकारात्मक हुने धारणा राख्नुभयो । उहाँले तनावका कारण हुने समस्या, तनाव व्यवस्थापन गर्ने विधि र उपायबारे जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता शाहले आयुर्वेदिक चिकित्सा उपचार पद्धतिले नेपालीलाई सबल, सक्षम र निरोगी बनाउन सकिने भन्दै यसको प्रचारप्रसार र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जीव शुभचिन्तक, कार्यसमिति सदस्य उमा शर्मालगायतले पत्रकारहरूको काम गर्ने समयको असीमितता र अनिश्चितताका कारण तनाव अत्यधिक हुने भन्दै यस्ता कार्यक्रमले त्यसको व्यवस्थापनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चिकित्सालय काठमाडौँले चालु आर्थिक वर्षमा २३ हजार ८२३ जनालाई पञ्चकर्म, शल्यक्रिया, योग, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमाको सेवा, अकुपन्चर, फिजियोथेरापीलगायत सेवा प्रदान गरेको डा चन्द्रवली शाहले जानकारी दिनुभयो ।

चिकित्सालयको आफ्नै जग्गा तथा भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ आवश्यक जनशक्ति दरबन्दीको अभावमा कार्य सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ थियो ।  रासस