१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार शुक्रबार संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किने क्रममा प्रमकाे भ्रमणबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिनुहुँदै परराष्ट्र मन्त्रालयका सचिव अमृत राई । तस्बिर : रत्न श्रेष्ठ / रासस
अ अ+ अ-

काठमाडौँ। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पेनको सेभियामा भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागिता र त्यसक्रममा भएका उच्चस्तरीय भेटघाटले स्पेनसहितका राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको स्पष्ट परेको छ ।

प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको यही असार १६ देखि १९ गतेसम्म भ्रमणबाट नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको परराष्ट्रसचिव अमृतबहादुर राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्मेलनका क्रममा प्रधानमन्त्रीबाट भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगको छ, साथै नेपाल र संयक्त राष्ट्रसङ्घसँगको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको छ ।”

परराष्ट्रसचिव राईले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता एवं सक्रियाताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको जनाउँदै अतिकम विकसित मुलुकको समूहका अध्यक्षका रूपमा धारणा प्रस्ततु गर्नुका साथै नेपालको दिगो विकास तथा स्तरोन्नतिका लागि अन्तरराष्ट्रिय सहयोगको आह्वान गर्नुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्पेनको व्यावसायिक समुदाय र तथा प्रवासी नेपालीसँग गर्नुभएको अन्तरक्रियाबाट नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” त्यसैगरी उहाँका अनुसार प्रधानमन्त्रीले इजिप्टका प्रधानमन्त्रीसँगको भेटमा हमासले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर रिहाइको पहलका लागि अनुरोध गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली राजदूतावास म्याड्रिडद्वारा आयोजित स्पेनका व्यावसायिक समुदायसँको अन्तरक्रियामा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकहरूसम्बन्धी उच्चस्तरीय कार्यक्रममा गरिबी, भोकमरी, कुपोषण, व्यापार घाटाजस्ता समस्या भोग्नुपरेको तथा ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम छुट्याउन परेकाले जननताका शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न कठिन भएको बताउनुभएको थियो ।

त्यस अवसरमा विकासका लागि वित्त सम्मेलनमा व्यक्ति भएका प्रतिबद्धता कार्यान्वयन गर्न ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न पनि प्रधानमन्त्रीले आह्वान गर्नुभयो ।

एक प्रश्नको जवाफमा परराष्ट्रसचिव राईले भन्नुभयो, “नेपालप्रति अन्तरराष्टिय जगत्को धेरै ठूलो सद्भाव छ, स्वाभाविक रूपमा युरोपेली मुलुकले गहिरो र ठूलो सद्भाव राख्छन्, त्यो सद्भावलाई नेपालका प्रतिष्ठा अभिवृद्धि गर्ने र आर्थिक समृद्धिमा प्रयोग गर्ने सवालमा यस्ता भ्रमणलाई अन्तरराष्ट्रिय मञ्चलाई प्रयोग गर्ने गरेका छौँ ।”

अन्तरराष्ट्रिय मञ्चमा नेपाल त्यसै पनि ४६ वटा अतिकम विकसित मुलुकको अध्यक्षको नाताले ठूलो भूमिकामा रहेको जनाउँदै उहाँले दश वर्षको अवधिमा हुने यो सम्मेलनले दिगो विकास लक्ष्य पूरा गर्न कसरी आर्थिक सहयोग उपलब्ध गराउने केन्द्रित रहेकाले पनि त्यो आवाजलाई मुखरित गर्न नेपाल सफल भएको प्रतिक्रिया दिनुभयो । रासस