१२ श्रावण २०८३, मंगलवार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने



अ+ अ-

सिराहा। यहाँको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका लागि मधेस प्रदेश सरकारले दुईवटा सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ ।

सो मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले जानकारी दिनुभयो ।आज यहाँ आयोजित ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसिलिटी क्लिनिक प्रालि’को उद्घाटन गर्दै मन्त्री सिंहले भन्नुभयो, “लामो समयदेखि यहाँका जनताको माग पुरा गर्न हामीले दुईवटा सिटी स्क्यान उपकरण खरिद प्रक्रिया अघि बढाइसकेका छौँ । अब सिटी स्क्यान गर्न विराटनगर वा जनकपुर जानुपर्ने बाध्यता हट्नेछ ।”

मन्त्री सिंहका अनुसार उक्त उपकरण खरिदका लागि रु १९ करोडको लागतमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ । त्यसैगरी उहाँले आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु ६५ करोड विनियोजन गरेको उल्लेख गर्दै निजी क्षेत्रबाट प्रदान हुने गुणस्तरीय सेवा र दक्ष चिकित्सकहरूको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सरकारी शुल्कसरह लिएर पनि उत्कृष्ट सेवा दिनसक्ने निजी संस्थाहरूसँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा क्लिनिकका संरक्षक कनैयाप्रसाद गुप्ताले सरकारी अस्पतालकै दरमा दन्त तथा मुख स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाउँदै, क्लिनिकमा दक्ष चिकित्सक, आधुनिक उपकरण र सहज सेवा प्रवाह प्रणालीको सुनिश्चितता रहेको जानकारी गराउनुभयो । रासस