१२ श्रावण २०८३, मंगलवार
,
Latest
मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वामी विज्ञानानन्दद्वारा ‘हिन्दू घोषणापत्र’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। हिन्दू धर्मशास्त्रले वर्णन गरेअनुसारका सभ्यता र संस्कृतिका विषय समेटिएको ‘हिन्दू घोषणापत्र’ सार्वजनिक गरिएको छ ।

हिन्दू आर्थिक मञ्च, नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वामी विज्ञानानन्दले सो घोषणापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले ‘सय हातले कमाएर हजार हातले बाँड’ भन्नेजस्ता हिन्दू दर्शन ग्रन्थका विषय घोषणापत्रमा समेटिएको जानकारी दिनुभयो ।

ग्रन्थमा उल्लेख भएका सनातनी हिन्दू परम्परा, हिन्दू दर्शनमा प्रकृतिको संरक्षण, देशभक्ति, हिन्दू दर्शनमा सभ्यता र संस्कृतिलगायतका विषय घोषणापत्रमा समावेश गरिएको जानकारी उहाँले गराउनुभयो ।

धर्मको मूल अर्थ अर्थात् धन कमाउनु र त्यसलाई दान गर्नु भएको उहाँको भनाइ छ । दार्शनिक चाणक्यले सरकारी कामका लागि सरकारी कोषको तेल र निजी कामका लागि निजी कोषको तेल प्रयोग गरेको प्रसङ्ग उल्लेख गर्दै धनको सही सदुपयोग र मितव्ययिता अपनाउनुपर्ने पनि उहाँले सुनाउनुभयो ।

मञ्चका अध्यक्ष प्रदीपमान वैद्यले हिन्दू समाजलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा ग्रन्थले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संस्कृतिविद् डा घनश्याम खतिवडा, बैङ्कर अनिलकेशरी शाह र मञ्चका सहसचिव हेमाकुमारी अधिकारीलगायतले विश्व हिन्दू आर्थिक मञ्चको नेपाल शाखाका रुपमा चार वर्षअघि संस्था स्थापना गरिएको जानकारी दिनुभयो । रासस