४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी राजमार्गमा थप एक महिना रातिको समयमा सवारी चलाउन रोक



अ+ अ-

काठमाडौँ । बीपी राजमार्गमा रातिको समयमा थप एक महिना सवारी चलाउन रोक लगाइएको छ ।

शुक्रबार एक सुचना जारी गर्दै जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकले साँझ ६:३० देखि बिहान ५ बजेसम्म थप एक महिनासम्म बीपी राजमार्गमा यात्रुबहाक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ जानकारी दिए ।

यसअघि असार ६ गते सिन्धुलीको खुकोर्टमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड) मा १५ दिनका लागि रातिको समयमा गाडी चलाउन निषेध गरेको थियो ।

राजमार्गमा बाढीरपहिरोजस्ता विपदजन्य घटनाको जोखिम कायम रहेकोले सुरक्षा समितिको निर्णयअनुसार रातको समयमा यातायात सञ्चालन रोक लगाउने समय थप गरिएको जारी सूचनामा उल्लेख छ ।