काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट उपद्रव सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतले बताए ।
यादवले एसपी खड्कालाई गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले एसपीलाई ‘तपाईं लुटेराहरू’, ‘तिमीहरू मधेशमा लुट्न आएको’ लगायत थुप्रै गाली गरेको अडियोमा सुनिन्छ ।
अडियोबारे सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताएका थिए ।









