५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई सेवा देशको कुटनीति र देशको छवि होः सांसद किराँती



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कुटनीति र देशको छवि भएको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको छ । जसबारे बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्वपूर्ण रहेको बताउनु भयो । नेपाल कालोसूचिबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘हवाई सेवा देशको कुटनीति र देशको छवि हो । अब यो प्रभावकारी सेवा र विकासको लागि यो अति नै आवश्यक नै विधेयक हो । तर हामीले १२ वर्ष बढी बिताइसक्यौँ, यो विधेयक टुंगिएको छैन । कालोसूचिमा नेपाल परेको छ, युरोपियन युनियनको । यसलाई प्रत्यक्ष प्रभाव पर्नेगरी नेपाल वायुसेवा निगमलाई मात्रै हो । अरुसँग त जहाँज छैन । अरु विदेशी जहाँज त रोकेको पनि छैन । नेपाल ध्वजावाहकलाई मात्रै रोकेको हो । हिमालयनसँग त्यो जहाँज छैन । यति ठूलो यसले क्षति गरिरहेको छ । नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय सन्देश गइरहेको छ ।’ 

सांसद किराँतीले विधेयकलाई हतार गर्ने नाममा त्रुटीपूर्ण बनउन नहुने बताउनु भयो ।