१२ श्रावण २०८३, मंगलवार
,
Latest
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार



अ+ अ-

गण्डकी। युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत चालु आवमा ३८ वटा सीपमूलक तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष तालिममा सहभागी ७८७ जनाले १० किसिमका सीप आर्जन गरेको तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले जानकारी दिनुभयो । पछिल्लोपटक आयोजित तीनमहिने तालिममा २०४ जनाले सहभागिता जनाएका छन् । उक्त अवधिमा मोबाइल मर्मत, प्लम्बिङ, सिलाइकटाइ, कुक, ब्यूटीपार्लर, फेशन डिजाइन, सैलुन, मण्टेश्वरीलगायत विषयमा तालिम प्रदान गरिएको थियो ।

आगामी आवमा एक हजार चार सय युवालाई सीपमूलक तालिम प्रदान गर्ने योजना रहेको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले बताउनुभयो । उद्यमशीलता प्रवर्द्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदानसमेत दिइने मन्त्री थापाले बताउनुभयो ।

“सीप सिकेर स्वेदशमै उद्यम गर्न चाहाने युवालाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ, बैंकबाट सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “उद्यम सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएकाको साथमा प्रदेश सरकार छ ।”

केन्द्रले आगामी आवमा युवाहरुलाई लक्ष्य गरी सीप विकासका थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । रासस