२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटि सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीसँगको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टी नेतृत्वका विषयमा नलागी विधान महाधिवेशनमा जुट्न निर्देशन दिनुभयो ।

“पार्टीको नीति र विधिको तय आसन्न विधान महाधिवेशनले गर्ने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा, टोल कमिटीमा व्यापक छलफलको आयोजना गरी सोहि अनुसार साङ्गठनिक पद्धतिमा रहेर कमिटीको प्रतिवेदन मार्फत ल्याउन लाग्नु होला”, महासचिव पोखरेलले भन्नुभयो, “सबै तहका पार्टी कमिटीबाट आएका सुझावका आधारमा पार्टीको आगामी नीति, विधि र नेतृत्व छनोटको मापदण्ड तय हुन्छ ।”

उहाँले नेताहरुलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्ने काम गर्न आग्रह गर्नुभयो । बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले कठिन भूगोलका बाबजुद पार्टीका सदस्यता नवीकरणदेखि आन्तरिक साङ्गठनिक जीवनमा कर्णालीले उत्साहप्रद काम गरिएको बताउनुभयो ।

कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ्ग शाहले एमाले नेतृत्वको सङ्घ र प्रदेश सरकारले गरेको राम्रा कामको प्रचारमार्फत नागरिकमा आशा जगाउनु अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो । रासस