१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरव माविका विद्यार्थीहरू सम्मानित, एसईईमा १३ जनाको ‘ए’ प्लस



अ+ अ-

सुर्खेत। भैरव माध्यमिक विद्यालय, वीरेन्द्रनगर–४, सुर्खेतले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता पाएपछि विद्यालयले सफल विद्यार्थीहरूलाई विशेष कार्यक्रममार्फत सम्मान गरेको छ।

विद्यालयबाट एसईईमा सहभागी १०२ विद्यार्थीमध्ये ९३ जनाले ग्रेड प्राप्त गरेका छन् भने ९ जना ननग्रेडेड भएका छन्। ग्रेडेडमध्ये १३ जनाले ‘ए प्लस’, ३४ जनाले ‘ए’, ३५ जनाले ‘बी प्लस’ र ११ जनाले ‘बी’ ग्रेड हासिल गरेका छन्।

विद्यालयकी भावना बुढा ३.९५ जीपीए सहित जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी बनिन्। यस उपलब्धिलाई स्मरणीय बनाउने उद्देश्यले बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नीलकण्ठ खनालले विद्यालयको प्रगति र विद्यार्थीहरूको मेहनतको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा स्थानीय सरकारको निरन्तर सहयोग रहने स्पष्ट पारे। विद्यालय प्रशासनले सामुदायिक शिक्षाको स्तर उकास्न यो सफलता प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेको छ।