१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

१००० युवालाई लक्षित इभी स्वरोजगार कार्यक्रम

१००० युवालाई लक्षित इभी स्वरोजगार कार्यक्रम
अ अ+ अ-

काठमाडौँ। नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ।

यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा दैनिक तेल खर्चसरहको दरमा प्रदान गरिनेछ। आफ्नै गाडी नभएका वा कमसल सेकेन्डहेन्ड सवारी चलाइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै, मासिक न्यूनतम रु. ७२,००० सम्म आम्दानी हुने गरि राइड सेयरिङ प्लेटफर्ममार्फत काम गर्ने अवसर प्रदान गरिनेछ। यसरी उपलब्ध स्कुटरले नेपालमै उत्पादित विद्युतको प्रयोग गर्दै विदेशी इन्धनमा हुने खर्च कटौती गर्ने र स्वदेशी स्रोतको उपयोग बढाउने लक्ष्य लिएको छ।

‘तपाईको बजार’का संचालक सुशील सङ्रौलाका अनुसार, योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि तीन फरक किसिमका अवसरहरू खुला गरिएको छ ।
१) कर्मचारीको रूपमा नियुक्त भएर,
२) राइडरको रूपमा दैनिक भाडामा स्कुटर लिएर मनग्य आम्दानी गर्न सकिने,
३) लगानीकर्ताका रूपमा आफ्नै EV स्कुटर परियोजनामा राखी नियमित भाडा आम्दानी लिन सकिने।

कार्यक्रमको प्राविधिक र प्लेटफर्म सहकार्य अन्तर्राष्ट्रिय स्तरको राइड सेयरिङ कम्पनी Yango सँग गरिएको छ। ‘इ-ड्राइभ नेपाल’का प्रमुख कार्यकारी अधिकृत सबिन भट्टराईका अनुसार, योजना पूर्ण रूपमा नेपाली लगानीमा आधारित छ र यसले नेपाली युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्नेछ।

संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरिरहेका तीन संस्थामध्ये ‘तपाईको बजार’ नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बाइक, स्कुटर, गाडी, घर-जग्गा लगायतका सम्पत्तिहरूमा कारोबार गर्दै आएको मल्टिब्राण्ड शो–रुम हो। ‘इ-ड्राइभ नेपाल’ पूर्णरूपमा नेपालीले बनाएको, नेपाली लगानीमै आधारित राइड सेयरिङ कम्पनी हो भने ‘परिमिता ग्रुप’ विदेशबाट आधुनिक दुईपांग्रे सवारी साधन आयात गर्दै आएको अनुभवी संस्था हो।

परिमिता ग्रुपका डाइरेक्टर मनन तुलाधारले कार्यक्रमको उद्घाटन असार २१ गते, शनिबार बिहान ८ बजे ललितपुरको भैसेपाटीस्थित कोलोनी सेन्टरमा गरिने जानकारी दिनुभयो। प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहने उद्घाटन कार्यक्रमले स्वरोजगार, स्वदेशी प्रविधिको प्रयोग र हरित यातायात प्रवर्द्धनमा नयाँ इतिहास बनाउने अपेक्षा गरिएको छ।