१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण

सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण
अ अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मा किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।

खाँदबारी–४ पाङ्मा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको रु एक करोड ८२ लाख १३ हजारको लागतमा निर्मित किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालय खाँदबारी नगरपालिकालाई  हस्तान्तरण गरिएको हो ।

किराँत राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेषभूषा संरक्षणार्थ नवनिर्मित किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालय भवन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्रले जानकारी दिनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले किराँत राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई सङ्कलन र संरक्षण गर्ने सहयोग पुग्ने बताउनुभयो । सङ्ग्रहालयको विकास गरी किराँत अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा टेवा पुर्‍याउने गरी दीर्घकालीन योजनाका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न नगरप्रमुख थपलियाले बताउनुभयो ।

किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालयमा मुख्य रुपमा यहाँ किराँत समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेषभूषा सङ्ग्रहित खाँदबारी नगरपालिका–४ पूर्ववडाध्यक्ष तथा स्थानीय सजित राईले बताउनुभयो ।

भवनमा राखिने सामग्रीले किराँत संस्कृतिको झल्को दिनेछ । उक्त भवन श्री जिम्बा/स्टार सैलुङ जेभी निर्माण कम्पनीले २०८० चैत ६ मा निर्माणको जिम्मा लिएको थियो ।  रासस