४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

‘नोबेल पुरस्कार’सम्मै पुगेका गिरिजाबाबुका लागि कांग्रेसले के गर्यो, अब के गर्ने ?

‘नोबेल पुरस्कार’सम्मै पुगेका गिरिजाबाबुका लागि कांग्रेसले के गर्यो, अब के गर्ने ?
फाइल फोटो
अ+ अ-

काठमाडौँ । विसं २०६६ मा तत्कालीन नेपाल सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको थियो ।

नेपालस्थित नर्वेको दूतावास अनि नेपाल सकारकार सिफारिस पत्र र अन्य कागजपत्रहरू लिएर स्व कोइरालाका एकजना विश्वासपात्र मनोनयनका लागि नर्वे नै पुग्नुभयो । नर्वे जिएन नोबेल कमिटीमा गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयनका सबै प्रक्रिया पूरा भएको थियो । तर त्यसपछि न नेपाल सरकारले त्यसका लागि पहल ग¥यो न पार्टीले नै कुनै चासो लियो । आज त्यो प्रसङ्ग पुराना भइसकेको छ । नेपाल सरकार अनि नेपाली कांग्रेससँगै पनि ती प्रमाणहरू सायद अहिले छैनन् होला । तर उहाँलाई चाहनेहरूले ती सबैको दस्तावेजीकरण गरेर राखेका छन् । जति प्रतिस्पर्धी पार्टीले गिरिजाप्रसाद कोइरालालाई आज सम्झने गर्छन् । नेपाली कांग्रेसले उति नै बिर्सिदै गएको छ । सम्झिनुपर्ने गिरिजाबाबु मात्रै एक व्यक्ति वा नाम मात्रै होइन, बरु गिरिजाप्रसाद कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलन र परिवर्तनको एक निर्णायक इतिहास पनि हो ।

असार १८ गते गिरिजाबाबु जन्मिएको दिन हो । २०६२÷६३ को जुन परिवर्तन थियो त्यो वास्तवमै नेपालमात्र होइन विश्व राजनीतिक इतिहासकै एउटा अद्भूत थियो । त्यसलाई हामीले जसरी सामान्य हिसाबले लियौँ, आज त्यसको परिणाम हामीले दुई दशकमै हामीले फेरेको व्यवस्थाप्रति यतिधेरै घृणा र असन्तुष्टिहरू जन्माइसकेका छौँ ।

नेपालमात्रै होइन त्यो बेला संयुक्त राष्ट्र सङ्घीय मिसनका प्रमुख इयान मार्टिनले पनि गिरिजाप्रसाद कोइरालालाई शान्तिका एक ऐतिहासिक नायक भनेका थिए । २०६३ सालको जनआन्दोलनको सफलता र त्यसपछि लोकतन्त्रको पुनर्बहालीपछि केही समय गिरिजाबाबु अन्तरिमरुपमा राष्ट्र प्रमुख अनि सरकार प्रमुखसमेत हुनुभयो । त्यो बेला भारत भ्रमणमा जानुभएका कोइरालालाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले समेत ‘एसियाकै महान् नेता’ भनेर सम्मान गर्नुभएको थियो । यो सम्मान मात्रै गिरिजाबाबु वा उहाँको राजनीतिक विरासतलाई थिएन बरु त्यो सम्मान त सिङ्गो नेपाल र नेपाली अनि सिङ्गो विश्वका लागि एक सन्देश थियो । जो निरङ्कुशता, हरेक राजनीतिक वादका उग्रता अनि शक्तिकेन्द्र सामु कहिल्यै झुक्न जानेन । बरु उसले आफ्नो ज्यान नै दाउमा लगायो तर जनताका अधिकारसँग कहिल्यै कुनै शक्तिसँग सम्झौता गर्न जानेन । त्यसैको परिणाम बरु नेपालको इतिहासबाट एउटा वंशानुगत शासकीय परम्पराको इतिहास नै मेटियो तर उसले जनताका अधिकार र सार्वभौमिकतालाई स्थापित गरेरै छोड्यो । त्यस्तो महान् राजनीतिक हस्ती हो गिरिजाप्रसाद कोइराला ।

विसं २०६३ ४ गते पुनःस्थापित प्रतिनिधिसभाले सारा अधिकारहरू कटौती गरेर तत्कालीन ‘राजा’ ज्ञानेन्द्र शाहलाई ‘निलम्बन’ गरेको थियो । राजा निलम्बन अर्थात् ‘अधिकारविहीन’ भएको अनि राष्ट्रपति नभइसकेको त्यो समय गिरिजाप्रसाद कोइराला नै राष्ट्राध्यक्षको रुपमा हुनुहुन्थ्यो ।

नेपालको राजनीतिक इतिहासमा त्यो पहिलोपटक भइरहेको जहाँ एक सामान्य नागरिक राष्ट्रप्रमुख र सरकार प्रमुख भएर राजकाज चलाइरहेको थियो । विश्व राजनीतिक इतिहासमा पनि त्यो अलि दुर्लभ अनि मौलिक तरिका थियो । माओवादीलाई पनि संसदीय राजनीतिमा ल्याउनका लागि गिरिजाप्रसाद कोइराला आफ्नो सारा राजनीतिक जीवन नै दाउमा लगाउनुभएको थियो । ‘गणतन्त्र’को बटमलाइनबाट टसमस नभइरहेको माओवादी १० वर्षसम्म राज्यविरुद्ध लडेर आएको एउटा विद्रोही राजनीतिक पार्टी थियो ।

लामो समय हतियार युद्ध लडेको पार्टीलाई सम्हाल्न आफैँमा धरै चुनौतीहरू थिए । त्यसमा पनि ‘राजा फाल्ने’ विषय भनेको कम्ती चुनौतीपूर्ण थिएन । राजा राख्ने कि नराख्ने भनेर दलहरू आफैँमा विभाजित थिए ।

माओवादी जसरी भए पनि राजा फाल्ने जिद्दीमा थियो । अरु पार्टीहरू ‘हो’ मा ‘हो’ मिलाउँथे । तर सबैले त्यसका लागि ‘गिरिजाबाबु’ को निर्णय पर्खिरहेका थिए । तर त्यसबारेमा गिरिजाबाबु खुलेर बोल्नुभएको थिएन ।

त्यसअघि नै माओवादी झस्किसकेको थियो । २०६२ साल कात्तिक ७ गते सात तत्कालीन राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको सात १२ बुँदे समझदारीमा ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेर लेखिएको थियो ।

त्यो बुँदामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन निकै धौ–धौ भएको थियो । त्यसका लागि गिरिजाबाबुले निकै मेहनत पनि गर्नुभयो । प्रचण्ड जी त ‘त्यो हुँदै हुन्न’ भनेर सात पटकसम्म संवाद छोड्नुभएको थियो । तर गिरिजाबाबुले ‘निरङ्कुुश राजतन्त्रको अन्त्य’ भनेकै ‘राजतन्त्रको अन्त्य’ हो भनेर व्याख्या गर्नुभयो । ऐतिहासिक शान्ति सम्झौताको प्रस्थान विन्दु मानिने त्यो १२ बुँदे समझदारीको ३ नम्बर बुँदामा यस्तो लेखिएको छ । यही बुँदामा उल्लेख गरिएको ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भन्ने ठाउँमा ‘राजतन्त्रको अन्त्य’ मात्रै लेख्न चाहन्थ्यो माओवादी। आज पनि त्यही आधारमा २०६२/०६३ को जनआन्दोलनको राजतन्त्रकै अन्त्य गर्ने मनसाय थिएन भन्ने भाष्यहरू निर्माण भएका छन् ।

तर गिरिजाबाबुले त्यो बेला निकै सोचीसम्झी त्यो शब्द राख्नुभएको थियो । २४० वर्षसम्म अविछिन्न एउटा शासक वर्गकै अन्त्य कम्ता चुनौतीपूर्ण थिएन । देश आन्तरिक ‘गृहयुद्ध’ ले थिलथिलो भइसकेको थियो । त्यसैले गिरिजाबाबु थप रक्तपात चाहनुभएको थिएन । सिधै राजा र राजसंस्थाकै अन्त्य गर्ने भनिएपछि त्यसबाट अनेकथरि प्रतिक्रान्ति हुनसक्थ्यो वा रक्तपात हुनसक्थ्यो । सदियौँदेखि दरबारप्रति बफादार र उत्तरदायी भएर बसेको नेपाली सेनाभित्रै त्यसले विद्रोह पनि निम्त्याउनसक्थ्यो । तर गिरिजाबाबुले निकै चलाखीपूर्वक बिनारक्तपात शान्तिपूर्ण ढङ्गबाट एउटा इतिहासको पाना नै च्यूत गरिदिनुभयो । एक सफल राजनेताको गुण भनेको यस्तो हुनुपर्छ ।

विश्वका कतिपय विवादित व्यक्तिहरूले पनि नोबेल पुरस्कार पाएको इतिहास जिउँदै छन् । ल्याटिन अमेरिकाकी देशहरूमा असफल सावित शान्ति प्रक्रियाका लागि समेत पश्चिमा देशहरूबाट नोबेल पुरस्कार पाएका छन् । किनकि उनीहरूसँग शक्ति थियो, पहुँच थियो र पहल थियो । नेपालको शान्ति प्रक्रिया त आफँैमा एक मौलिक प्रयोग र प्रयास थियो । जो सफल पनि भइसकेको छ । माओवादी जनयुद्धको सहज, शान्त र सफल अवतरण कम्ता चुनौतीपूर्ण थिएन । तथापि आफ्ना सारा राजनीतिक जीवनलाई दाउमा लगाएरै भए पनि गिरिजाबाबुले माओवादीसँग सम्झौता गर्न तयार हुनुभयो । त्यो भनेको उहाँको व्यक्तिगत महत्वकांक्षा थिएन बरु जनताको चाहनाबमोजिम उहाँले आफूले आफैँलाई व्यक्तिगत र सैद्धान्तिक रुपमा पनि बदल्नुभएको थियो । जसका कारण देश युद्धको दलदलबाट निस्कियो ।

छिमेकी राष्ट्र भारतले नौवटा नोबेल पुरस्कार भित्र्याइसकेको छ । यद्यपि भारतकै एक महान् शान्तिगामी नेता महात्मा गान्धीलाई चार चार पटक मनोनयन गर्दासमेत नोबेल पुरस्कार दिइएन । उत्तरी छिमेकी चीनले छ पटक नोबेल जितिसकेको छ । बङ्गलादेशले दुई र पाकिस्तानले समेत एकपटक नोबेल पाइसकेको छ । अझै पनि समय छ । मरणोपरान्त नोबेल पुरस्कार दिइएका इतिहास पनि छन् । त्यसका लागि अब नेपाली कांग्रेसले फेरि प्रयास किन नगर्नेरु यसतर्फ हाम्रो नेतृत्वले ध्यान दिन जरुरी छ । किनकि इतिहास भनेको हिजोको एउटा घटना वा परिघटना मात्रै होइन । इतिहासले वर्तमान चिनाउँछ र भविष्यको बाटो उघार्ने हो । नेपाली कांग्रेसलाई चाहने लाखौँ कार्यकर्ता र शुभेच्छुक अझ भनौँ आज लोकतान्त्रिक समाजवादको राजनीतिक धारमा आउन चाहने नयाँ पुस्ताका लागि इतिहासका यस्ता महान् राजनेताहरूको पहिचान जीवन्त राख्नु आवश्यक छ । (लेखक श्री पराजुली नेपाली कांग्रेसका नेता हुनुहुन्छ । यहाँ प्रस्तुत धारणा उहाँका निजी विचार हुन् ।)