१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमाले सांसदले राज्य व्यवस्था समिति सभापतिलाई भनेः अब सभापतिको कुर्सीमा बस्न सुहाउँदैन

एमाले सांसदले राज्य व्यवस्था समिति सभापतिलाई भनेः अब सभापतिको कुर्सीमा बस्न सुहाउँदैन
अ अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद राजेन्द्रकुमार राईले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गर्नुभएको छ ।

समितिको बुधवारको बैठकमा बोल्दै उहाँले समिति सभापति र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गर्नुभएको हो ।

उहाँले कुलिङ पिरियडबारे भएको चलखेलमा अबका दिनदेखि समिति सभापति र समिति सचिवको नेतृत्वमा समितिको बैठक बस्न नसक्ने बताउनु भयो । उहाँले समितिले निर्णय गरेर पठाएको कुरालाई जालझेल गर्ने अधिकार समिति सभापति र सचिवलाई नरहेको बताउनु भयो । जनताबाट चुनिएका प्रतिनिधिहरुको अपमान गर्ने अधिकार कसैलाई नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बैठकमा हाम्रो सभापतिज्युले त्यो चियरमा बस्न सुहाउँछ की सुहाउँदैन ? किनभने यो समिति सार्वभौम थियो । यो समितिले यत्रो निर्णय गरेको कुरालाई जालझेल गरेर, सदस्यहरुलाई अपमान गरियो । लोक के भन्छ आज ? गम्भीर प्रश्न उठेको छ । यो प्रश्न उठेको बेलामा हामीले गरेको निर्णय तलमाथि गर्ने अधिकार कसले दियो तपाईंलाई ? म सभापतिज्युलाई भन्न चाहन्छु, तपाईंले छोडिदिनुपर्छ । तपाईंले सक्नुभएन । यत्रो सदस्यले गरेको निर्णय तपाईंले तलमाथि गर्ने, जालझेल गर्ने, जनताबाट चुनिएको यत्रो प्रतिनिधिहरुको अपमान गर्ने अधिकार तपाईंलाई हुँदैन ।’

सांसद राई सहज किसिमले समितिको बैठक अघि बढाउने वातावरण सभापतिले बनाइदिनुपर्ने बताउनु भयो ।