१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रारालाई लेक सिटीको रुपमा विकास गरौँः सांसद जबरा

रारालाई लेक सिटीको रुपमा विकास गरौँः सांसद जबरा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गर्नुभएको छ ।

बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई लेक सिटी क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । रारालाई लेक सिटीको रुपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गर्नुभयो । उहाँले भारतीय पर्यटकहरुलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कति अपच्र्युनिटी छ । रारालाई हामीले एउटा लेक सिटी डेभलप गर्न डिपिआर त गरौँ । अनि न इन्भेष्टरहरु आउँछ । यस्ता लङ टर्मकुराहरु धेरै असर पर्ने कुराहरु त्यो लेक सिटी रारा भयो भने त कर्णालीको कायापलट हुन्छ । ट्राइ त गरौँ । यस्तो ठूलो भिजनरी कुराहरु गर्नुपर्छ । हामी टुरिजम फ्रेण्ड्ली हामी छैनौँ । भारतीय गाडी चढेर नेपाल आउनुस् त डाका आए जस्तो गर्दछन् । चोर्न आएको जस्तो गर्दछन् ।’

सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउनसके अन्य देशहरुलाई हेर्न नपर्ने बताउनु भयो ।