१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु

मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु
अ अ+ अ-

मनाङ। ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । सोमबारदेखि पर्व सुरु भएको हो ।

वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् भन्ने कामना तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउनका लागि पर्व मनाउने गरिएको हो ।

माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व मनाउने गरिन्छ । यहाँ पाँच दिनसम्म पर्व मनाउने चलन छ ।  ट्याङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्याङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको समन्वयमा यार्तुङ पर्व मनाइँदै आइएको छ ।

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले विशेषगरी लामा नाचेर पर्व मनाउने गरिएको बताउनुभयो । विगतमा जिल्लाभरि मनाइने पर्व बसाइँसराइले गर्दा हाल माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उहाँले सुनाउनुभयो ।

यस पर्वलाई पाँच दिनसम्म उत्साहपूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन् । “घोडालाई भगवान्को रूपमा पुजिन्छ । विगतमा गाउँमा सबैले घोडा पाल्थे, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रूपमा पूजा हुन्थ्यो”, अध्यक्ष गुरुङले भन्नुभयो, “अचेल घोडा पाल्ने प्रचलन कम भएकाले पर्व मनाउने चलन छोड्दै गए पनि माथिल्लो क्षेत्रमा भने कायमै छ । यहाँ घोडालाई महत्त्वपूर्ण साधनको रूपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन पनि गर्छ ।”

वर्षायाममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको महत्त्व तथा विशेषता हो । जानकारहरूका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउनसमेत टेवा पुगेको छ । पर्वको माध्यमबाट गाउँ, समाज र व्यक्ति–व्यक्तिबीच एकापसमा सामाजिक सद्भावको विकास भइरहेको अध्यक्ष गुरुङसमेत स्वीकार्नुहुन्छ ।

यस पर्वप्रति विदेशी तथा स्वदेशीमा आकर्षण बढ्दो भए पनि स्थानीय युवाको सहभागिता कम हुँदै गएको स्थानीय ज्येष्ठ व्यक्तित्व सगर गुरुङको भनाइ छ । युवा विदेशिनु, अध्ययन, जागिरलगायत कारणले गाउँ छोड्नुजस्ता कारणले सहभागिता घटेको उहाँको बुझाइ छ ।

“यस पर्वतर्फ पर्यटकको आकर्षण बढ्दो छ । यहाँका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्छ । यहाँको संस्कृति अध्ययन तथा प्रवर्द्धन स्थानीयको दायित्व हो”, गुरुङले भन्नुभयो ।

धेरै ठाउँमा सडक नपुगेकाले अझै पनि घोडा यहाँको प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमि गाउँपालिकामा सडक पुगेको छैन, यहाँ घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छ । सडक पुगेका स्थानमा भने यसको प्रयोग घट्दै गएको छ । ती क्षेत्रमा घोडा पाल्ने चलन पनि कम हुँदै गएको छ ।

समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला भञ्ज्याङ यात्रामा पर्यटकको सहजताका लागि घोडाकै प्रयोग गरिन्छ ।

यहाँ घाँस-दाउरा, लेकबाट जडीबुटी सङ्कलन, खाद्यान्न तथा औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजानसमेत घोडाको प्रयोग हुँदै  आएको गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाको भनाइ छ ।

सडक पुगेका क्षेत्रमा घोडा पाल्ने प्रचलन घट्दै गए पनि सडक सञ्जालले छुन नसकेका स्थानमा पुग्न घोडाले नै सहयोग पु¥याउँदै आएको उहाँले सुनाउनुभयो ।  मनाङमा आलु, फापर, जौ, करु, कोदो, बोडीलगायत बाली बढी लगाइने गरिन्छ ।  रासस